पोखरा, १३ असोज। बाल तथा महिला सशक्तिकरण समाज नेपाल, पोखराको १९ औं साधारणसभा तथा १० औं अधिवेशनले भुवन पराजुलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा मीना पाण्डे, सचिवमा जमुना शर्मा, सहसचिवमा युमाया पुन, कोषाध्यक्षमा मिलन लिगल छन्।
सदस्यमा दुर्गा शर्मा, इन्दिरा पराजुली, प्रभा आचार्य, लक्ष्मी अधिकारी, गीता पौडेल र उर्मिला लामिछाने रहेका छन्।
यसअघि साधारणसभाले सचिव मीना पाण्डे र कोषाध्यक्ष बिनकुमारी गुरुङले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ।
त्यस अवसरमा संस्थाको विकासमा योगदान पुर्याउने आजीवन सदस्य भरत कतिला, उत्कृष्ट कर्मचारी गोविन्द भट्टराई र अनिता कुँवरलाई सम्मान गरिएको थियो। साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिला सशक्तिकरणका लागि वातावरण बनेको उल्लेख गरिन्। उनले महिलाले प्राप्त गरेको अधिकारलाई उपयोग गरी अघि बढ्नु पर्नेमा जोड दिइन्।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल, सम्मानित व्यक्तित्व भरत कतिला, गैरसरकारी संस्था महासंघ कास्कीका सचिव बुद्वि थापा, संस्थाका सल्लाहकार विष्णुकली भण्डारी, वीरेन्द्र अधिकारी र जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देलले बोलेका थिए। बाल तथा महिला सशक्तिकरण समाज नेपाल पोखराकी अध्यक्ष रजनी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोना गिरीले स्वागत, संरक्षक सरलाकुमारी पाण्डेले धन्यवाद र सदस्य जमुना शर्माले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९