पोखरा, १३ असोज । मीना सिर्जनशील पत्रकारिता पुरस्कार-२०७४ बाट पत्रकार खेमबहादुर सारुमगर सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी प्रदेशसभा सदस्य मीना गुरुङले स्थापना गरेको सो पुरस्कारको राशि २० हजार रुपैयाँ साथमा सम्मानपत्र रहेको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पोखरामा आयोजित एक समारोहमा सारुमगरलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
सो अवसरमा मन्त्री गुरुङले पत्रकारिता क्षेत्र समाजको महत्वपूर्ण अङ्ग भएको बताउँदै विद्यमान सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकार जगत् सक्रिय हुनुपर्ने आवश्यकतामाथि जोड दिए।
पत्रकार महासंघका महासचिव रमेश विष्टले मुलुकी संहितामा पत्रकारिता क्षेत्रलाई अंकुश लगाउने गरी उल्लेख गरिएका बुँदा हटाइनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सदस्य एवं पुरस्कार संस्थापक मीना गुरुङले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न मिडिया संचालकलाई आग्रह गरिन् । उनले आफ्नो जन्मदिनमा सो पुरस्कार वितरण गर्ने गरी स्थापना गरेकी हुन् ।
गण्डकी प्रदेश सदस्य कृष्ण थापाले अब आन्दोलनको युग सकिएको र आर्थिक विकास तथा समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, पुरस्कार छनोट समितिका संयोजक नारायण कार्की, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव रामप्रसाद तिमल्सिना, शान्तिका लागि नागरिक सञ्जाल कास्कीका अध्यक्ष विष्णु बराल, रुद्रबहादुर खत्री लगायतले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९