पोखरा, १३ असोज । सगरमाथामार्ग टोल विकास संस्था, पोखरा १४, सगरमाथामार्गको पाँचौ वाषिर्क साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै पोखरा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले संस्थाले सह्राहनीय कार्य गरेको भन्दै अझ प्रगतिको कामना गरे ।
कार्यक्रममा वडा सदस्य जितेन्द्रजंग थापा, संस्थाका विज्ञ सल्लाहकार प्राडा डुकबहादुर क्षेत्री, संस्थाका सल्लाहकार समेत रहेका छोरेपाटन चौकीका इञ्चार्ज प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहा, आमा समूहतर्फबाट सगरमाथा मार्ग आमा समूह अध्यक्ष जूना नराल क्षेत्री, टोल विकास संस्थातर्फबाट शीतलमार्ग टोल विकास संस्थाका अध्यक्ष भरतराज कार्की, आदर्श समाज दैनिकका सहायक सम्पादक विजय नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुपबहादुर थापाले संस्थाको प्रतिवेदन पेस गर्दै भावी योजनाबारे जानकारी दिए । त्यस्तै, सचिव कृष्णप्रसाद बरालले कार्य विवरण प्रतिवेदन र कोषाध्यक्ष पवित्रा पचभैयाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
सो अवसरमा नर्सरी व्यवसाय गरेका शान्ति भण्डारी र पशुपालन व्यवसाय गरेका प्रेम आले (कुमार) लाई युवाउद्यमी सम्मान प्रदान गरिएको थियो ।
यसअघि संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा प्राविधिक सहयोग पुर्याउने टोलीलाई पनि सम्मान गरियो ।
कार्यक्रमबीच सगरमाथा बाटो निर्माण उपभोक्ता समितिले बाटो निर्माणको आयव्यय प्रस्तुत गरेको थियो । सो बाटो करिब १२ लाख रुपैयाँ लागतमा निर्माणसम्पन्न भएको समिति कोषाध्यक्ष क्या.सकबहादुर पुनले जानकारी दिए । संस्थाका अध्यक्ष रुपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहकोषाध्यक्ष गणेश भारती र संचालन सचिव कृष्णप्रसाद बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९