पोखरा, ११ असोज । पोखरा-२२, पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै पोखरा-३२ मा एक महिलाको हत्या भएको छ। श्रीमान्-श्रीमतीको घरायसी झगडाले आखिर हत्याकाण्डकै रुप लिन पुगेको हो।
पोखरा-३२, खोलाको छेउस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ५२ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६१ वर्षीया श्रीमाया गुरुङको बुधबार राति हत्या गरेका हुन्।
श्रीमती हत्या गरेर भागेका यानबहादुरलाई प्रहरीले विहीबार बिहानै पक्राउ गरेको छ। उनलाई कास्की प्रहरीका असइ सन्तोष सुवेदी, भद्रकृष्ण पौडेल र प्रहरी नायब निरीक्षक विजय चापागाई सम्मिलित प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्। अघिल्लो दिनमा नै सो घटना भए पनि भोलिपल्ट विहीबार थाहा पाएपछि कास्की प्रहरी प्रमुख ओम रानाको नेतृत्वमा टोली खटिएको थियो।
कसरी भयो घटना ?
यानबहादुर गुरुङ रक्सी खाएर बुधवार राति ९ बजे घर पुग्दा श्रीमतीले किन ढिलो आएको भनेर गाली गरिन्। दुवैबीच सामान्य भनाभन भयो।
रक्सीले टिल परेका यानबहादुरले रिसको झोंकमा नजिकै रहेको लोहोराले श्रीमतीको टाउकामा बजाए। त्यसपछि श्रीमती रन्थनिएर ढलिन्। यानबहादुरले लोटामा पानी ल्याएर श्रीमतीलाई खुवाए। तर उनी उठिनन्।
त्यसपश्चात् रातभरि श्रीमतीकै आडामा सुते। मरिसकेको थाहा पाएपछि यानबहादुर बिहान उठेर घरबाट भागे। छिमेकीलाई श्रीमती मारेको खबर साला (श्रीमतीको भाइ) लाई पुर्याइदिन आग्रह गरे।
उनी घरबाट निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थलमा पुग्यो। एसपी ओम राना सहितको टोली कुकुर लिएर घटनास्थलमा सर्च गर्न थाल्यो। त्यतिबेलासम्म पनि यानबहादुर घटनास्थल वरिपरि नै थिए तर कसैले नदेख्ने गरी लुकेर बसेका।
उनले प्रहरीको गतिविधि नजिकैबाट हेरिरहेका थिए। प्रहरीले केहीबेरपछि उनलाई कान्लामुनी खेतको कुनाबाट पक्राउ गर्न सफल भयो। यानबहादुरलाई कर्त्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९