हरिप्रसादमा आजदेखि महोत्सव

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७५

हेमजा, ११ असोज । माछापुच्छे्र गाउँपालिका-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा शुक्रबारदेखि शैक्षिक एवं धार्मिक महोत्सव शुरु हुदैछ। विद्यालयको सर्वाङ्र्गीण विकासका लागि भन्दै महोत्सव आयोजना गरेको हो ।

महोत्सव उद्घाटन शहीद हरिप्रसादकी पत्नी नन्दकुमारी गुरुङले उद्घाटन गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले बताए ।

असोज २० सम्म चल्ने सो महोत्सव उद्घाटन पूर्व विद्यालय परिसरबाट कलश यात्रा शुरु हुनेछ । कलश यात्रा भेंडावारी, अनन्तठाँटी, नयाँपुल हुँदै शहीद हरिप्रसादको शालिक परिक्रमा गरेर विद्यालय हाता पुग्ने कार्यक्रम छ । महोत्सवका प्रमुखवाचक बाल योगेश्वर महाराज सम्मिलित ३० सदस्यीय टोली बिहीवार नै खोरामुख आइपुगेको छ। टोलीलाई विद्यालयले भेंडाबारीमा पञ्चेबाजा सहित भजन कीर्तनद्वारा स्वागत गरियोे । विद्यालयले महोत्सवबाट करिब डेढ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

Related News

सम्बन्धित समाचार

  • निस्सा वितरण

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    हेमजा । अन्नपूर्ण गाउँपालिका वडा ११ मा बिहीबार निस्सा वितरण गरिएको छ । त्यस अवसरमा ३ जना भूमिहीन दलित, ८…
  • गाईजात्रा नाच प्रदर्शन

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । नयाँ सडक नेवाः पुचः, पोखरा–९ ले शनिबार गाईजात्रा नाच प्रदर्शन गरेको छ । विभिन्न रंगीचंगी पोशाकमा सजिएका कलाकारले…
  • परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराको १६ औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सो अवसरमा संस्थाले…
  • उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । कञ्चन पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) सम्मानित भएका छन् । आफ्ना बाबुआमा…
  • ब्रह्माकुमारीमा रक्षाबन्धन एवं स्नेह मिलन

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । रक्षाबन्धन एवं जनैपूर्णिमा अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले पोखरामा रहेका २२ वटा शाखाहरुमा त्रिदिवसीय रक्षाबन्धन एवं स्नेह मिलन कार्यक्रम…

hero news full width