पोखरा, ११ असोज। पोखरा-११ काहूँडाँडामा ३९ औं विश्व पर्यटन दिवस मनाइएको छ। गण्डकी प्रदेशका कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालसहित सांसद बिन्दुकुमार थापा, जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीय बुद्धिजीवी, स्थानीय आमा समूह र युवा क्लबका पदाधिकारी तथा सदस्य, पत्रकार र संचारकर्मी पोखराको काहुँडाँडास्थित त्यहाँको भ्यू-टावर र काहुँदेउराली मन्दिर पुगेर यस वर्षको विश्व पर्यटन दिवस कार्यक्रमको शुरुवात गरेका हुन् ।
‘टुरिजम एण्ड डिजिटल ट्रान्सफर्मेसन’ अर्थात र्ँपर्यटन र सूचनाप्रविधि रूपान्तरण’ भन्ने यस वर्षको पर्यटन दिवसको मूल नारासहित पर्यटन बोर्डको प्रबर्द्धन, पर्यटन यातायात समितिको संयोजन र स्थानीय फूलबारी क्लबको व्यवस्थापनमा पोखरा पर्यटन परिषदले कार्यक्रमको आयोजना गरेको हो ।
पोखरामा आन्तरिक तथा बाहृय पर्यटकको बसाइँ अवधि वृद्धि गर्ने योजनासहित काहुँडाँडामा मनाइएको पर्यटन दिवसले पोखरामा मात्र नभइ आसपासका क्षेत्रमा समेत पर्यटन क्षेत्रको प्रबर्द्धन र विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । मन्त्री लम्सालले गण्डकी क्षेत्रको पर्यटनको विकास र प्रबर्द्धनका लागि पर्यटन नीति बनाउने तयारीमा प्रदेश सरकार रहेको उल्लेख गरे । उनले पर्यटन क्षेत्र मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिए ।
पर्यटन क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न प्रदेश सरकारले ऐनको ड्राफ्ट तयार पारेको मन्त्री लम्सालको स्पष्टोक्ति थियो । मन्त्री लम्सालले भने, र्ँपर्यटनको विकास र प्रबर्द्धनमार्फत गण्डकी प्रदेशलाई समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य छ ।’
सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेशको पर्यटन क्षेत्र विकासका मूल आधार रहेको चर्चा गरे । कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षत्री अधिकारीले स्थानीय अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए । अमेरिकी राजदूतावासका काउन्सिलर जेम्सले यहाँको प्रकृति र संस्कृति नै पर्यटन विकासको मेरुदण्ड रहेको चर्चा गरे ।
कार्यक्रममा पर्यटनविज्ञ बासु त्रिपाठी, पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल, पर्यटक यातायात समितिका अध्यक्ष बोबरजंग गुरुङ लगायतले बोलेका थिए ।
पोखरा-११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मीनबहादुर गुरुङले स्वागत मन्तव्य र फूलबारी क्लबका सचिव दामोदर आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको आहृवानमा हरेक वर्षको २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाउँदै आएको हो । नेपाललगायत विश्वभर विविध कार्यक्रमका साथ पर्यटन दिवस मनाइन्छ । पर्यटकीय गन्तव्यका रुपमा परिचित पोखरामा पनि हरेक वर्ष विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
‘तिमी के थरी हौ ?’
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९