पाल्पा, ११ असोज । जिल्लाका चुनढुंगा खानीमा चल्ने टि्रपरको अत्यधिक गतिले दुर्घटना बढेपछि गति नियन्त्रणको उपाय खोजिएको छ । राजमार्गहरुमा दुर्घटना बढेपछि टि्रपरलाई र्टाईम कार्डको व्यवस्था गरेर निश्चित समयभन्दा छिटो गन्तव्यमा पुग्न रोक लगाइएको छ ।
जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा तानसेन-तम्घास खण्डको हार्थोकदेखि तानसेनहुँदै दोभानसम्म पुग्ने सयम निर्धारण गरिएको छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका स्थानीयहरुको चर्को दबाबपछि सिजी र सर्वोत्तम सिमेन्टको खानीबाट ढुवानी गर्ने टि्रपरहरुलाई र्टाईम कार्ड लागू गरेको हो ।
हार्थोकबाट दोभान ५० किलोमिटर दुरीको २ घण्टा ३० मिनेट समय राखिएको छ । प्रहरी चौकीमा कार्डमा समय लेखाउने र गन्तव्यमा पुगेपछि देखाउने व्यवस्था गरिएको छ । हाथोर्कमा लु२ख २२६६ नं का टि्रपरचालक रामकुमार लामालाई टाइम कार्ड दिएर समयको पालना गराउन थालिएको छ । कार्डमा उल्लेख गरिएको सयम ख्याल गरेर गति नियन्त्रण गर्ने चालक र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले निर्देशन दिँदै यसले जिल्लामा दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने बताए ।
जिल्लामा रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ, माथागढी गाउँपालिमा रहेका चुनढुंगा खानीबाट दैनिक एक हजारभन्दा बढी टि्रपरले चुनढुंगा ओसारपसार गर्ने गरेका छन् । टाइमकार्ड अन्य स्थानका टि्रपरहरु र सार्वजनिक यातायातलाई समेत विस्तारै टाइम कार्ड लागू गर्ने योजना रहेको छ ।
यसबाट सवारी दुर्घटना न्यूनीकरणमा सहयोगी हुने बन्ने विश्वास प्रहरीले लिएर जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख डम्बर गिरीले बताए ।
टि्रपर व्यवसायी र चालकले पनि टाइम कार्ड लागू गर्ने प्रतिबद्धता जनाएका छन् । टि्रपर व्यवसायीलाई व्यवहारप्रति सकारात्मक हुन जरुरी रहेको र सबै खानीमा चल्ने टि्रपरमा लागू गर्न माग उनीहरुको रहेको छ । खानी क्षेत्रमै चुनढुंगा अन्दाजको भरमा बोक्ने हुँदा क्षमताभन्दा कम र बढी हुन सक्ने भएकाले धर्मकाँटा भए राम्रो हुने टि्रपर व्यवसायी अरविन्द्र पाण्डेले भनाइ छ ।
टाइम कार्डले तीव्रगतिलाई रोक्ने, दुर्घटना कमी ल्याउने, यात्रुलाई सहज हुने र टि्रपर व्यवसाय पनि मर्यादित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९