पोखरा, १२ असोज। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश अध्यक्षमा गोविन्द योगी चयन भएका छन्।
युनियनको पोखरामा सम्पन्न प्रथम अधिवेशनबाट हिमालय आँखा अस्पताल पोखरामा कार्यरत योगी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।युनियन उपाध्यक्षमा पद्म नर्सिङ होम पोखराका कालिदास शर्मा, सचिवमा लमजुङ सामुदायिक अस्पतालका गनेस गुरुङ, कोषाध्यक्षमा लमजुङकै प्रतिमा राई र उपसचिवमा मनिपाल अस्पताल पोखराका पुण्यप्रसाद पौडेल चयन भए। सदस्य तनहुँका प्रभात अधिकारी र देवीभक्त राना निर्वाचित भए । अन्य जिल्ला समेटेर बाँकी चार सदस्यपछि मनोनीत गरिने युनियनले जनाएको छ।
गण्डकी प्रदेश सांसद एवं जिफण्ट महिला विभाग प्रमुख मीना गुरुङले कार्यक्रम उद्घाटन गर्दै आफ्नो हक र अधिकारका लागि संगठित हुन जरुरी रहेको बताइन् । उनले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशील क्षेत्र भएकोले पेशागत सुरक्षाको लागि पनि युनियनको आवश्यकता रहेकोमा जोड दिइन्।नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष चन्द्र थापाले नयाँ संरचना अनुसार आफूहरुले पनि संगठन विस्तार गर्दै लगेको भन्दै सातवाटै प्रदेशमा प्रदेश कमिटीहरु निर्माणमा अगाडि बढेको बताए।
युनियनका केन्द्रिय महासचिव कमला लुइँटेल कुइँकेलले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको हक र हितका लागि युनियन सधैँ अग्रस्थानमा रहने बताए ।
स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश इञ्चार्ज एवं केन्द्रिय सदस्य राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्ट गण्डकी प्रदेशका उपसचिव संगीता पाण्डे, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पतालका अध्यक्ष सुवास नेपाल लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९