पोखरा, ११ असोज। बेलायतीहरुले कोठा तताउने वातावरणमैत्री प्रविधि पोखरामै भित्रिएको छ ।
१६ वर्षदेखि बेलायतमा रहेर सो प्रविधिको व्यवसायसँगै सीप हासिल गरेका पोखरेली धनु थकाली (पुरन) र जगन गुरुङले सो प्रविधि यहाँ भित्राएका हुन् ।
३ वर्षदेखि परीक्षणरुपमा सो प्रविधि नेपाल भित्राएका उनले भने, ‘उतैको सामान किनेर राख्दा प्रविधि महँगो हुन्छ, त्यसकारण नेपाली सुहाउँदो र खर्चले पनि धान्न सक्ने यो प्रविधि भित्रयाउन प्रयासरत छौं,’ धनु थकालीले भने। चार कोठाका लागि करिब तीन लाख खर्च गर्नुपर्ने बताए।
खाना पकाउने एलपिजी ग्यासले कोठा तताउने र नुहाउन तातो पानीसँगै आउने हुनाले सेन्ट्रल हिटिङ सिस्टेम र वाटर हिटिङ प्रविधि शुरुमा राख्दा केही महँगो देखिने भए पनि प्रयोगका हिसाबले सस्तो हुने थकालीले बताए।
बेलायतीहरु वातावरणमैत्रीका सामग्री प्रयोगका लागि सचेत भएका कारणले पनि यो प्रविधि बेलायत लगायत यूरोपेली मुलुकमा निकै चर्चित छ। खासगरी बिरामी, केटाकेटी र वृद्धवृद्धाका लागि निकै उपयोगी हुने थकालीले स्पष्ट पारे।
धाराको चिसो पानी मेसिनमा भएको सेन्सरले तातो गराउने काम गर्छ। मेसिनभित्रको पानी तातो भएपछि कोठाको वायुमण्डलमा फैलिन्छ र मेसिनमा आफूले चाहेको तापक्रम अनुसार मिलाउन सक्ने गरी स्वीच समेत राखिएको छ। यसले ३५ देखि ६० ड्रि्री सेल्सियससम्म तापक्रम दिन्छ।
दैनिक लगातार ४ घन्टा प्रयोग गर्दा एउटा एलपिजी ग्यासले करिब १५ दिनसम्म चार कोठा तताउन र नुहाउन, भाँडा धुन तातो पानी प्रयोग गर्न सकिने उनले बताए।
पोखराको टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज र काठमाडौंमा केही घरमा सो मेसिन प्रयोग भएको छ। पृथ्वीचोक निवासी धनु सहारा यूकेको एफसी सिइओ र बगर भाइखलकको यूके पोखरा प्रतिनिधि लगायत अन्य सामाजिक संघ-संस्थामा समेत आवद्ध छन्।
विगतमा करिब ३ वर्ष भूसंरक्षण जलाधारअन्तर्गत बेगनास र रुपातालका लागि जलाधार संरक्षणका लागि समेत ओभरसियर भएर काम गरेका उनी गण्डकी बोर्र्डिङ स्कूल (इग्बोसा) का सदस्य समेत हुन्।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९