पोखरा, ११ असोज । होटल र रेष्टुरेन्टका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखरा जिरो किमीमा स्कूल अफ बार टेर्ण्र्डस संचालनमा आएको छ ।
तीन जना युवाको संयुक्त लगानीसहित संचालनमा आएको सो संस्थाले विहीवार पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हेा ।
संचालक रविन केसीले रेष्टुरेण्ट, होटल वा अन्य कुनै क्षेत्रमा व्यावसायिक प्रवद्धनसँगसँगै रोजगारीको उचित गन्तव्य बन्न पुगेको पोखरामा तालिम संचालन गर्न पाउँदा आफूहरु अत्यन्त उत्साहित बनेको बताए ।
‘असीमित सम्भावना हुँदाहुँदै हामी उचित तालिम नभएर पछाडि परिरहेका छौं,’ केसीले भने, ‘अब त्यसलाई पनि स्कूल अफ बार टेण्डरले पूरा गर्ने भएको छ ।’
पोखराका युवा लक्षित गरेर संचालनमा आएको बार टेर्ण्र्डसमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विशेष बार टेण्डको तालिम संचालन गरेको शैलेष शाहीले बताए ।
स्कूलले बार टेण्डिङ, वारिष्टा, फायर एण्ड जगिङ र वेटरको तालिम दिने अर्का संचालक राजेन्द्र गुरुङले बताए । दुर्इमहिने बार टेण्डिङको लागि २५ हजार शुल्क लाग्ने बताइएको छ ।
त्यस्तै, एकमहिने बारिष्टा र फायर एण्ड जगिङका लगि १५ हजार र एकमहिने वेटरको लागि १२ हजार शुल्क लाग्ने जनाइएको छ ।
पहिलो चरणको तालिममा १० जना सहभागी छन् ।
‘विशेषगरी पोखरामा बार टेण्डरको राम्रो अवसर रहेको छ,’ संचालक गुरुङले भने, ‘युवाहरुको विशेष आकर्षण रहने यस पेशामा महिलासमेतलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो ।’
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९