पोखरा, १० असोज। शीतलज्योति युवा क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा जारी दोश्रो स्व. किरण खडका स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताअन्तर्गत बुधबार आदर्श युवा क्लब, भण्डारढिकले चैट-चैट-चैट एफसीलाई ४-२ गोलअन्तरले पराजित गरेको छ ।
खेलको मध्यान्तरसम्म चैट-चैट-चैट तोरण गुरुङ र विश्वास श्रेष्ठको २ गोलको योगदानले जित नजिक पुगेपछि अग्रता कायम गर्न नसक्दा ऊ पराजित हुनुपरेको हो । खेलमा आदर्शका विवेक गुरुङ २, अर्जुन रानामगर र बेलप्रसाद गुरुङले समान १ गोल गर्दै टिमलाई क्वाटरफाइनल प्रवेश गराए।
अन्य खेलको नतिजा भने टाइब्रेकरसम्म कुर्नुपर्यो । जसमा एलजी एशोसिएसनले मिलनटोल व्ल्याकलाई टाइब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल १-१ बराबरीमा सकिएको थियो ।
गार्डेन एफसी र काजीपोखरीबीच १-१ बराबरीमा सकिएपछि निर्णयार्थ टाइब्रेकर पुगेकोमा गार्डेनले काजीपोखरीलाई २-१ गोलअन्तरले पाखा लगायो।
अको खेलमा दोब्रे एफसीले सत्य युवा क्लबलाई हराउँदै अको चरणमा प्रवेश गर्यो । निर्धारित समयको खेल समान १-१ गोलअन्तरमा सकिएकोमा टाइब्रेकरमा दोब्रे एफसी भाग्यमानी ठहरियो ।
यस्तै, रञ्जन मेमोरियले टाइब्रेकरमा मसिना एफसीलाई २-१ गोलले पराजित गर्दा, बिटी क्लब र संगम एफसीबीचको खेलमा संगमले २-१ गोलले जित दर्ता गर्यो । बिहीबारबाट क्वाटरफाइनलका खेल शुरु हुने आयोजक क्लब अध्यक्ष सन्तोष गुरुङले बताए ।
‘समाज निर्माणमा आजका युवा र खेलकुद’ उद्घोषका साथ जारी प्रतियोगिता शनिबारसम्म चल्नेछ । विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक तथा विधागत पुरस्कारमा जनही ५ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी-१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके हो ।
क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रतियोगिता आयोजना हुँदैआएको छ ।
Related News
सम्बन्धित समाचार
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
शुभकामना गोल्डकप विजेतालाई ६ लाख
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९