पोखरा, १० असोज। गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएल र यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका छन्।
डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले काठमाडौंमा आयोजना गरेको रोस युजर मिट २०१८ मा भाइब्रेन्ट रोस युजर अवार्डबाट युआरएल र पन्तलाई सम्मान गरिएको हो।
नेपालमै सबैभन्दा धेरै पारामिटर सञ्चालन र सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा युआरएललाई सम्मान गरिएको हो। सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप अत्यधुनिक परीक्षण पोखरामै उपलब्ध प्रेरणा मिलेको युआरएलका प्रबन्ध निर्देशक पन्तले बताए। उनले युआरएलले धेरै बिरामी भएका राजधानीका अस्पतालका प्रयोगशाला र रेफरेन्स ल्याबहरुले पनि सञ्चालन गर्न नसकेका केही परीक्षण पोखरामै उपलब्ध गराइरहेको बताए।
कार्यक्रममा प्रोमिनेन्ट रोस युजर अवार्डबाट अल्का अस्पतालका नवराज थापा र अलराउन्डर रोस युजर अवार्डबाट धरानका राजेन्द्रमोहन चौधरी सम्मानित भए।
यस्तै, रोस मेसिनको प्रयोग, परीक्षण र गुणस्तरीय रिपोर्टबारे ५ वटा कार्यपत्र पेश भएका थिए। युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेयले इनोभेटिभ बायोमाकर्स विषयमा कार्यपत्र पेश गरेका थिए।
कार्यक्रममा डाइनोटेक सपोर्ट प्रालिका अध्यक्ष ज्योति थापा, रोस कम्पनीका डा दीपिका जिन्दल र विष्णु सक्तवात र डाइनोटेकका सञ्चालक सुशील थापाले पनि बोलेका थिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९