पोखरा, १० असोज। स्वर्णश्री बचत तथा ऋण सहकारी संस्था, सभागृहचोकको छैटौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाको प्रमुख अतिथि ज्येष्ठ नागरिक सन्तकुमारी तामाङ उद्घाटन गरेकी हुन् ।
सभाले लेखा समितिका संयोजक हरि शर्मा र संस्थाका प्रबन्ध निर्देशक ज्ञानबहादुर तामाङले प्रस्तुत गरेको बजेट, नीति तथा भावी कार्यक्रम २०७५/७६ को प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।
सोही अवसरमा संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले आर्थिक वर्ष २०७५/७६ को वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
उक्त अवसरमा असल सेयर सदस्यबाट दुर्गाकुमारी गुरुङ, सुमा थकाली, नवीन आचार्य, रञ्जन सापकोटा, उत्कृष्ट सेयर सदस्यबाट वीरेन्द्र अधिकारी, असल बचतकर्ताबाट कमल तामाङ, अमृत पोखरेल, यमकुमार गुरुङ, नीशा गुरुङ, उत्कृष्ट बचतकर्ताबाट अजय बानियाँ, निरन्तर नारीबाट विन्दु श्रेष्ठ, जमुना काफले, गंगा काफ्ले, सरला ढुंगाना, सरला बराल, कटमाया गुरुङ,र्र् इश्वर वाग्ले, असल नारीबाट इन्दिरा गुरुङ, कमला दर्लामी, ललिता शाह, मीना पौडेल, शर्मिला श्रेष्ठ, सीता अधिकारी, अनिता गुरुङ, असल कारोबारबाट चन्द्रजंग थापा, आर्थिक वर्ष २०७५/७५ को उत्कृष्ट कारोबार गर्ने भीमप्रसाद परियार, उत्कृष्ट मुद्दति बचतकर्ता प्रेमकुमारी हिराचन लगायतलाई सम्मान गरिएको थियो।
यसैगरी, एसर्इइमा उत्कृष्ट अंक ल्याउन सफल अनु गुरुङ, सुदीप श्रेष्ठ, रोशन गुरुङ, कर्मचारीहरुमा डिसिप्लिन स्टाफ अफ दि इयरबाट सुदीप गुरुङ, मार्केटिङ स्टाफ अफ दि इयरबाट मनमाया क्षेत्री र वेष्ट स्टाफ अफ दि इयरबाट कोपिला भण्डारीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार शिवराज पौडेलले बोलेका थिए। संस्थाका वरिष्ठ लेखा अधिकृत सवनम तामाङले सहकारीका सात सिद्धान्त पढेर शुरु भएको कार्यक्रममा कोषाध्यक्ष कोपिला भण्डारीले स्वागत गरेकी थिइन्। कार्यक्रम स्वर्णश्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी गुरुङको अध्यक्षतामा भएको थियो।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९