काठमाडौँ, ९ असोज। निर्मला पन्तको हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।
कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वषीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शंकास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो।
समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारे ।
यसैबीच, राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले उठाएका हत्या, हिंसाका घटनाबारे सदनलाई जानकारी दिँदै गृहमन्त्री थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताए । उनले राजनीतिक सङ्कल्प र कठोर कानून बनाएर हत्या र हिंसाका घटनालाई नियन्त्रण गरिने प्रतिबद्धता जनाए । गृहमन्त्री थापाले भने, “मुलुकमा हत्या, हिंसाको घटना रोक्न सरकारले जोडबल लगाइरहेको छ । हत्या, हिंसाबाट समाजलाई मुक्त गराउन सरकार, सदन र जनताका बीचमा एकता कायम गरेर अघि बढन आवश्यक छ ।” निर्मला पन्तको हत्या महिला हिंसाको प्रतिनिधिमूलक घटना भएको बताउँदै उनले निर्मला पन्तमा सम्बन्धित निकायको गम्भीर कम्जोरी र गैरजिम्मेवारीका कारण अनुसन्धानमा केही ढिलाइ भए पनि हत्यारालाई कानूनी कठघरामा उभ्याउन सफल हुने विश्वास दिलाए ।
बैठकमा सांसद इन्दु कडरियाले पन्तको हत्यारा जति सक्दो चाँडो पत्ता लगाई निर्मलाको परिवारलाई न्याय दिनुपर्नेमा जोड दिइन् । सांसद कोमल ओलीले पन्तको बलात्कारपछि हत्या, वसन्ती परियारलाई तेजाब प्रहार र पोखराकी नौ वषीया श्रीया विक बेलुका हराएको र विहान सव भेटिएकोलगायतका घटना निकै जघन्य भएको र यस्ता कार्य किन भइरहेका छन् भन्ने कुराको अध्ययन हुनुपर्ने माग सरकारसँग गरेकी थिइन् ।
यसैबीच, बुझाइएको प्रतिवेदनमा नयाँ कुरा केही नभएको र पहिले नै आएका कुरा समेटिएको संयोजक मैनालीले बताए ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१