पोखरा/पोखरा वडा- २२, भुम्दीभुम्दीमा एक बालिका मंगलबार मृत भेटिएकी छिन् । सोमबारदेखि हराएकी १० वषे श्रीया सुनार पुम्दीभुम्दीको कोदीस्थित घर नजिकै मृत भेटिएकी हुन् ।
मंगलबार स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेकोमा वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले पोष्टमार्टमका लागि पश्चिामाञ्चल क्षेत्रीय अस्पताल शव पठाएको थियो । डा. मदन बरालसहितको पाँच जनाको टिमले पोष्टमार्टम रिपोर्ट तयार पारिसकेको र बुधबार कास्की प्रहरीलाई बुझाइने जनाएको छ ।
‘बिस्कुट किन्न जान्छु भनी घरबाट पसलतिर गएकी श्रेया घर नफर्केपछि उनको खोजी भएको थियो । शव झाडीमा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनी स्थानीय लीला आधारभूत विद्यालयमा कक्षा ३ पढ्थिन् ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन । शवको छेउमै रगत लागेको ढुंगा भेटिनुको साथै बालिकाको कपडा खोलिएको थियो ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९