लेखनाथ, ९ असोज। पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष दामु अधिकारीले लेखनाथ र पोखराको समग्र विकासमा एक भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। नेपाल सरकारको स्पष्ट नीति नबन्दासम्म औद्योगिक क्षेत्रको विकासको ठोस एजेण्डा बन्न नसकेको उनको भनाइ छ।
लेखनाथ उद्योग वाणिज्य संघले उनको सम्मानमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले सरकारको तीन तह केन्द्र, प्रदेश र स्थानीयसँगै मिले काम गर्न तयार भएको समेत बताए।लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले पोखरा र लेखनाथ एउटै महानगर भए पनि आफ्नो कार्य क्षेत्र फरक-फरक स्थानमा रहेको हुँदा एक भएर उद्योग व्यवसायीको हितमा लाग्नु पर्नेमा जोड दिए।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वसन्त उदासले विकास निर्माणमात्र नभई उद्योगी व्यवसायीको हकहितमा लाग्नु पर्नेमा जोड दिए।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९