पाण्डव कृषि सहकारीको साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७५
pandab krisi sahakari picn

पोखरा, ९ असोज। पाण्डव कृषि सहकारी संस्था लि, घारीपाटनको दोस्रो वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले कार्यक्रम उद्घाटन गर्दै  सहकारीले उत्पादन क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख केदारनाथ उपे्रती, गण्डकी विकास बैंक बिरौटा शाखा प्रमुख शिवबहादुर कार्की, लेखापरीक्षक कमलबहादुर रेग्मी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, सहकारीका वरिष्ठ सल्लाहकार विष्णुप्रसाद पौडेल, ऋण संयोजक सूर्यबहादुर थापा र संस्थाका प्रबन्ध सञ्चालक नवराज काफ्ले लगायत बोलेका थिए।

सो अवसरमा संस्थाले असल बचतकर्ता बाबुराम उपाध्याय, महेन्द्र सापकोटा, लक्ष्मी सुवेदी, भीमबहादुर गुरुङ र असल ऋणी मनकुमारी नेपाली, ढकनाथ ढुंगाना र नौमाया पुनलाई सम्मान गरेको छ।

सहकारी अध्यक्ष तुलसी रानाको वाषिर्क प्रतिवेदन, कोषाध्यक्ष उषा गोशलीको आर्थिक प्रतिवेदन र सचिव रेणु थापाको सचिवको प्रतिवेदन आवश्यक छलफलपछि सर्वसम्मत पारित भयो ।

सहकारी अध्यक्ष तुलसी रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सृजना जिसी तथा सञ्चालन सचिव रेणु थापा र सहसचिव शोभाकान्त पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न पोउवा संघको माग

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। पोखरा उद्योग वाणिज्य संघले चाडपर्वमा उद्योगी÷व्यवसायीहरुलाई सुरक्षा र सहजता प्रदान गर्न सरोकारवालासँग आग्रह गरेको छ । संघका अध्यक्ष पवनकुमार…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…
  • ‘युवा विद्यार्थीहरुसँग सन नेपाल लाइफ’

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे ५ औं वार्षिकोत्सव कार्यक्रम अन्तर्गत पोखरामा विविध कार्यक्रम भएको छ । बिमा…
  • चितवन उद्योग संघको ३१ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    भरतपुर । चितवन उद्योग संघको ३१ औं वार्षिक साधारण सभा तथा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारीको ११ वार्षिक…

hero news full width