पोखरा, ८ असोज। आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले प्रदेश सरकारले छिट्टै सञ्चार नीति ल्याउने बताएका छन्।
स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिद्वारा आयोजित त्रिदिवसीय पत्रकार प्रशिक्षक प्रशिक्षणको समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सोमवार मन्त्री चुमानले उक्त जानकारी दिएका हुन्।
सूचना तथा प्रविधिसमेत जिम्मेवारी लिएका मन्त्री चुमानले निरपेक्ष स्वतन्त्रता सम्भव नभएकाले पेशागत पक्षधरता र व्यावसायिकताप्रतिको स्वतन्त्रता सराहनीय पक्ष भएको बताए।
स्वतन्त्र पत्रकारको उर्जा देखेर म दङ्ग परें उनले भने ‘म सरकारकातर्फबाट हौसला दिनका लागि आएको हुँ।’ मन्त्री चुमानले आफ्नो कर्मप्रति दृढता र इमान्दारिता नै स्वतन्त्रता भएको धारणा राखे। स्वतन्त्रतालाई थप परिभाषित गर्दै मन्त्री चुमानले आफ्नै खुट्टामा उभिन सक्नु नै स्वतन्त्रता भएको विचार व्यक्त गरे। अको एक प्रसङ्गमा मन्त्री चुमानले संविधानको मर्म संघीयता र संघीयताको मर्म प्रदेश सरकार भएको दावी गरे। उनले प्रदेशलाई सफलतापूर्वक सञ्चालन गर्न सक्नु नै सबैको कर्तव्य हो भन्दै संघीयतामा हाम्रो रगत, पसिना र आँसुको समिश्रण रहेको उल्लेख गर्दै भने-’यो आयातित होइन’।
सिष्टम बसाल्नु अहिलेको चुनौती भएको उल्लेख गर्दै मन्त्री चुमानले संघीयतालाई जसरी पनि सफल बनाउनुपर्नेमा जोड दिए।
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले प्रादेशिक पत्रकारिता के हो ? भन्ने बहस चलिरहेको बेला त्यस विषयमा स्वतन्त्र पत्रकार संघले प्रशिक्षकलाई प्रशिक्षण दिन सफल भएको धारणा राखे।
कार्यक्रममा प्रदेशमन्त्रीको सहभागिताले तालिमको महत्वलाई बढाएको अनुभव भएको बताउँदै रेग्मीले भने-’प्रशिक्षण प्रारम्भिक बिन्दू हो, स्वतन्त्रता, जिम्मेवारिता र आचारसंहितामा रहेर गर्ने पत्रकारिताको काम समाजलाई सचेत र सूचित गर्नु हो।’
स्वतन्त्र पत्रकार संघका सल्लाहकार नारायण कार्कीले सरकारले पत्रकारका लागि तोकेको उचित पारिश्रमिकको प्रबन्ध गर्न नसकेकाले पेशामा आकर्षण हराउँदै गएकाले पत्रकार पलायन भएको बताए। कार्कीले थपे-’समाजमा सक्षम, निर्भिक र स्वतन्त्र पत्रकार भएनन् भने पत्रकारिताको भविष्य झन् संकटमा पर्छ।’
समापन समारोहमा केन्द्रीय पार्षद् डिआरजी सुमन, बाँके शाखाका अध्यक्ष नमस्कार शाह, रुपन्देही शाखाका अध्यक्ष बाबुराम गैह्रे, अर्घखाँची शाखाका अध्यक्ष अम्बिका बेलबासे श्रेष्ठ, पाल्पा शाखाका अध्यक्ष भोजराज भट्टराई, दाङ शाखाका उपाध्यक्ष भुवन गौतम, कास्की शाखाका सचिव असफल गौतमलगायतले आ- आफ्नो अनुभवसहित संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सहभागी र कार्यक्रमलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै प्रशिक्षण कार्यक्रमबाट पत्रकारिताको स्तरीयता वृद्धिमा सघाउ पुग्ने अपेक्षा लिएको बताए।
कार्यक्रममा उपाध्यक्ष शान्ति राणाले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव नवराज पहाडीले सञ्चालन गरेका थिए।
पोखरा महानगरपालिकाको सहयोगमा असोज ६ गतेदेखि तीन दिनसम्म सञ्चालित उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रममा १६ जिल्लाका पाँच महिलासमेत ३० जनाले भाग लिएका थिए।
प्रशिक्षणमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी, डा. नारायणप्रसाद अधिकारी, नारायण कार्कीलगायतले फरक-फरक विषयमा सहजीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९