चितवन, ८ असोज । नेपालमा रहेकामध्ये आधा बाघ पाइने चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको छ। सन् १९९६ देखि बढ्दै आएको बाघ सन् २०१८ मा आईपुग्दा पहिलो पटक घटेको देखिएको हो।
निकुञ्जमा सन् १९९६ मा ५०, १९९९ मा ५०, २००३ मा ६०, २००५ मा ६५, २०१३ मा १ सय २० बाघ रहेका थिए। सार्वजनिक तथ्यांकले निकुञ्जमा ९३ वटा मात्रै बाघ रहेको देखाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल प्राविधिक रुपमा संख्या कम देखिए पनि निकुञ्जमा बाघ नघटेको दाबी गर्छन्। उनले भने, ‘नियमित रुपमा बाघ बस्ती छिर्ने गरेको, निकुञ्जमा हिँड्दा पर्यटक, निकुञ्जकर्मचारी, सुरक्षाकर्मी र संरक्षणकर्मीले सजिलै बाघ देख्ने गरेको, तस्करी नभएको, निकुञ्ज र जनताका बीचमा द्वन्द्व घटेको छ। प्राविधिक रुपमा संख्या कम देखिए पनि निकुञ्जमा बाघको उपस्थिति बाक्लो छ।’
प्राकृतिक र आहारको हिसाबले निकुञ्ज बाघका लागि उत्तम मानिन्छ। ९५२.६३ वर्ग किमी निकुञ्ज र ७२९.३७ वर्ग किमी मध्यवर्ती क्षेत्र बाघको बासस्थान रहेको छ। बाघको मुख्य आहारा मानिने चित्तल, जरायो, बँदेल, लघुना, रतुवा, गौरीगाई, नीलगाई, लंगुर जस्ता जनावर निकुञ्जमा प्रशस्त पाइन्छन्।
बाघविज्ञ डा चिरञ्जीवी पोखरेल गतवर्ष निकुञ्ज हुँदै बग्ने, राप्ती, नारायणी रिउ नदीको बाढीमा बाघ बगाउनु, बाढीका कारण आहारा घटेर बाघ अन्यत्र सर्नु लगायतका कारण बाघको संख्या कमी देखिएको बताउँछन्। समग्रमा नेपालमा बाघ संख्या नघट्नुले बाघ अन्यत्र सरेको कुरालाई पुष्टि गर्ने उनको भनाइ छ।
निकुञ्ज विभागका पर्यावरणविद् डालक्ष्मण पौडेल निकुञ्जले कति बाघ धान्न सक्छ भन्ने कुरा अध्ययनको विषय बनेको बताउँछन्। चितवनको बाघ पसाराष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि र्टाईगर रिर्जर्वतर्फ गएको हुनसक्ने उनको अनुमान छ। पौडेलका अनुसार पर्साराष्ट्रिय निकुञ्जमा सन् २०१३ मा ७ वटा बाघ रहेकोमा अहिले १८ पुगेको छ भने वाल्मीकिमा १७ बाट बढेर ३३ पुगेको छ। ती दुवै ठाउँ चितवन निकुञ्जसँग जोडिएका छन्। गत पाँच वर्ष निकुञ्जमा १७ बाघ मरेको भन्दै उनले प्रकृतिमा वन्यजन्तु घट्ने र बढ्ने भइरहने हुनाले आत्तिनु पर्ने अवस्था नरहेको बताए।
निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रहेका निकुञ्ज विभागका सहसचिव रामचन्द्र कँडेल गतवर्षको बाढीमा पोथी बाघ बच्चा जोगाउन नदीमा हेलिँदा बाढीले बगाएको अनुमान गर्छन्। स्वयं आफूले बाढीमा बाघ बगाएको देखेको बताउँदै उनले कति बाघका बच्चा र आमा बगायो भन्ने एकिन हुन भने नसकेको बताए। तेस्रो पर्यटकीय गन्तव्य चितवनमा बाघ संख्या घट्नुलाई संरक्षणकर्मी र पर्यटन व्यवसायीले चिन्ताको रुपमा लिएका छन्। उनीहरुले बाघको संरक्षणका लागि सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९