‘उधारो सम्झौता गर्दैनौं’

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७५

पोखरा, ८ असोज। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनको हाईनान प्रान्त भ्रमणका लागि त्यसतर्फ लागेका छन्। मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो।

हाईनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा उनलाई निम्तो पठाइएको थियो। सोमबार पोखराबाट हिडेका उनी मंगलबार चीनतर्फ प्रस्थान गर्नेछन्। सातादिने भ्रमणका लागि उनको टोलीमा मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा र प्रमुख सचिव लक्ष्मीराम पौडेल सहभागी छन्। यसबाहेक पर्यटन र उद्योग तथा वाणिज्यका क्षेत्रबाट पनि सहभागी हुनेछन्।

भ्रमणक्रममा गण्डकी प्रदेशले प्राविधिक शिक्षालय, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, होमस्टे, अर्गानिक कृषि उत्पादन, हाईड्रो र सोलार उर्जा, प्रदेशभित्रका हरेक स्थानीय तहका केन्द्रमा सडक सञ्जाल विस्तार, विशेष औद्योगिक क्षेत्र निर्माणका लागि साझेदारी गर्ने केही सम्झौता हुने मुख्यमन्त्री गुरुङले जानकारी दिए।

पोखरा एयरपोर्टमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको आवश्यकता अनुसार लगानी र अनुदानका लागि आहृवान गर्ने बताए। नेपाल सरकारले पनि विगतमा गरेका दातृसम्झौताहरु कार्यान्वयन नहुने समस्याप्रति पत्रकारको चासोलाई उनले उधारो सम्झौता नगर्ने बताएका छन्।

‘संघमा समझदारी कार्यान्वयन नहुनु भनेको उधारो सम्झौताको कारण हो। हामी उधारो सम्झौता गर्दैनौं। आपसी समझदारी गछौर्ं तर देखाउनकै लागि धेरै सम्झौता हुँदैनन्,’ उनले भने, ‘आफ्ना स्वार्थ र हित, समृद्धि, लक्ष्यसँग मिल्ने कुरामा मात्रै हाम्रो ध्यान छ। साझेदारी मात्रै हुन्छ अन्तिम सम्झौता हुँदैन। लगानी केन्द्रित गर्न गृहकार्य गरेर आउने हो।’

गण्डकी सरकार गठन भएको करिब ८ महिनासम्म सरकारले रोडम्याप -गुरुयोजना) बनाउन सकेको छैन। तर प्राथमिकताका क्षेत्रहरु मात्रै भ्रमणमा छलफल हुने उनको भनाइ छ। ‘हामीसँग कुनै डिपिआर छैन, सम्भाव्यता अध्ययन भएका छैनन्। तर सम्भावनाका क्षेत्र देखाएर फर्किन्छौं,’ उनी भन्छन्, ‘यो भ्रमणबाट हौसिनुपर्ने कुरा छैन। स्वार्थबिना कसैले लगानी गर्न खोज्दैन, त्यही स्वार्थभित्र हाम्रो फाइदा खोज्ने हो। हाम्रा योजना र लक्ष्य सुनाउँछौं।’

भ्रमणकै क्रममा हाईनान प्रान्तका प्राविधिक शिक्षालय, सम्मेलन केन्द्र, हाइड्रो र सोलार उर्जाको अवलोकन गर्ने कार्यक्रम रहेको मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले जानकारी दिए। उनले दुर्इ प्रदेशबीच साझेदारी सम्झौता मात्रै हुने बताए। ‘सहयोग पायौं भन्दैमा अन्धाधुन्धा सहयोग लिने होइन। हाम्रा प्राथमिकताका क्षेत्रमा मात्रै सहयोग लिन्छौं,’ उनले भने, ‘मिचुअल एग्रिमेण्ट हुन्छ।’ उनका अनुसार हाईनान र गण्डकी प्रदेशबीच भगिनी सम्बन्ध पनि कायम हुनेछ। भ्रमण टोली असोज १५ मा नेपाल फर्किनेछ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width