लेखनाथ, ८ असोज। बेगनासतालमा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले बेगनासतालमा मंसिर २२ देखि २९ गतेसम्म श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ गरिने भएको छ।
स्थानीयवासीको पहलमा राष्ट्रिय परोपकार महासंघ नेपालले आयोजना गर्ने सो महायज्ञबाट विभिन्न समयमा तालमा भएको दुर्घटना परी ज्यान गुमाएका अमरआत्माको चिरशान्तिको कामना र आगामी दिनमा त्यसप्रकारका दुर्घटना नहोस् भन्ने कामना गरिनेछ ।
सोमबार आयोजना गरिएको स्थानीयवासी तथा सरोकारवालाबीचको छलफलमा बोल्दै परोपकार महासंघ नेपालका संस्थापक अध्यक्ष पं.कमलनयन गौतमले हरेक धर्मशास्त्रको सार नै सेवा गर्नु हो भन्दै अध्यात्म मार्फत राम्रो संस्कार विकास गरेमा नै हरेक क्षेत्रको विकास गर्न सजिलो हुने बताए।
उनले बेगनास क्षेत्र पर्यटकीय हिसाबले एक महत्वपूर्ण गन्तव्य भएको हुनाले यहाँ सामाजिक सद्भाव बढाउने कार्यक्रमहरु अति आवश्यक रहेको बताए ।
महायज्ञ संचालनार्थ मूल समारोह समिति र विभिन्न उपसमितिहरु गठन गरिएको थियो। स्थानीयवासीको छलफलबाट पं. गौतमलाई मुख्य संरक्षक राखिएको छ।
संरक्षकहरुमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, प्रदेश सांसद दीपक कोइराला, मानबहादुर गुरुङ, जिल्ला विकास समिति अध्यक्ष बैनबहादुर क्षेत्री, पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङ लगायत रहेका छन्।
समाजसेवी डिल्लीरमण तिवारीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएकोमा उपाध्यक्षमा २३ जना रहेका छन्।
महासचिवमा धु्र्रवनाथ अधिकारी, उपमहासचिवमा सोमलाल तिवारी, सचिवमा कृष्णप्रसाद ढुंगाना, कोषाध्यक्षमा गंगाराम सुवेदी र सहकोषाध्यक्षमा मित्रलाल भण्डारी रहेका छन्।
महायज्ञका संचालनका लागि साविक लेखनाथनगरका सरोकारवाला सम्मिलित ४७ वटा उपसमितिसमेत गठन गरिएको बताइएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९