लेखनाथ, ८ असोज। पोखरा महानगरपालिका वडा ३० स्थित चक्रदेवी बहुमुखी सहकारी संस्थाको ५१ औ साधारणसभा सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहकारीले परिमार्जित समयको हेक्का राखेर अब आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने बताए । उनले सबै जना करको दायरामा आएर समृद्ध नेपाल बनाउने अभियानमा समाहित हुन आग्रह गरेका थिए।
सहकारीका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेयर सदस्य नवीन बास्तोला, उमा लामिछाने, सिर्द्धार्थ बैंक तालचोकका शाखा प्रमुख केशवराज पौडेल, चक्रदेवी सहकारीका निवर्तमान अध्यक्ष सोमलाल कँडेल, पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, जिल्ला सहकारी संघका महासचिव छविलाल लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी लगायतले बोलेका थिए।
कार्यक्रममा ज्येष्ठ नागरिक हर्कमान गुरुङ, हर्कबहादुर श्रेष्ठ, भोजराज तिवारी, बामदेव शर्मा जमरकट्टेललाई सम्मान गरिनुका साथै एसर्इइ उत्कृष्ट हुन सफल अयुषा गौतम, भावना बास्तोला, कोनिथ थापा, उत्कृष्ट कारोबारी धर्मजंग गुरुङ, श्यामसुन्दर श्रेष्ठ, उत्तम भण्डारी, गंगा श्रेष्ठ, पूर्णकुमारी पौडेल, पूर्व कर्मचारी डिल्लीराम तिवारीलाई सम्मान गरियो ।
यस्तै, चक्रदेवी स्वर्णजयन्ती स्मृति अक्षयकोषद्वारा सरोज ढकाल र अनिता पौडेललाई सम्मान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष शिव बास्तोलाले गरेका थिए भने संचालन संस्थाका सचिव ऋषिराम जमरकट्टेलले गरेका थिए।
२०२४ सालमा स्थापना भएको सहकारीमा आठ सय १४ जना सेयर सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी छ करोड ३८लाख ७३ हजार चार सय रहेको छ।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९