पोखरा, ७ असोज । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नेपालमै पहिलोपटक कृषकको वर्गीकरण गर्ने भएको छ । सरकारले सञ्चालन गर्ने कार्यक्रम वास्तविक किसानको पहुँचमा पुर्याउने उद्देश्यले कृषक वर्गीकरण गर्न लागिएको हो ।
‘झोले किसानले सरकारी सुविधा लिइरहेका छन् । वास्तविक किसानहरु सरकारी अनुदान र सहयोगबाट वञ्चित हुनुपरेको छ,’ मन्त्री लेखबहादुर थापा भन्छन्, ‘अब किसानको वर्गीकरण हुन्छ । वास्तविक किसानले पाउने गरी सरकारी सुविधा वितरण गरिनेछ ।’
असोज ४ गते मन्त्रिस्तरीय निर्णयबाट कृषि मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि, २०७५ पारित गरेको छ । अब यस आधारमा प्रदेशभरका कृषक पहिचान गरिनेछ । कृषकलाई वाषिर्क लगानी, कारोबार, मासिक आम्दानी, पारीवारिक खर्चमा योगदान, रोजगारी सिर्जना र व्यवसाय सञ्चालन अनुभवको आधारमा वर्गीकरण गरिएको छ । वाषिर्क ३ करोडभन्दा माथि लगानी, २ करोड कारोबार र मासिक आम्दानी कम्तीमा ५ लाख भएकोलाई विशिष्ट कृषक परिभाषित गरिएको छ । विशिष्ट कृषकले पारीवारिक खर्चमा शतप्रतिशत योगदान, ३० जनाभन्दा माथि रोजगारी सिर्जना, ७ वर्षको अनुभव र तालिमप्राप्त अत्यधुनिक प्रविधि भएको हुनुपर्ने छ ।
योसँगै उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, साना, निर्वाहमुखी, सीमान्तमुखी र शौखिन कृषकको वर्गमा किसानलाई वर्गीकरण गरेको छ । करेशाबारी र कौसीखेती गर्नेहरु शौखिन कृषकमा परेका छन् । पछिल्लो समय कौसीखेतीको प्रचलन पनि बढ्दो छ । नेपालमा खेती नगरेकोले पनि किसान भन्दै आएका छन् । वर्गीर्करणले किसानको वास्तविकता पत्ता लाग्ने मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले बताए । ‘यो प्रदेश सरकारको पहिलो प्रयास हो । यसकै आधारमा अन्य प्रदेश र संघीय सरकारलाई पनि किसानमैत्री ऐन बनाउन सहयोग पुग्न सक्छ,’ उनले भने, ‘सबैलाई किसान भन्नुपर्ने अवस्था अन्त्य गरेका छौँ । मोडल फार्म र नयाँ कार्यक्रम संचालनको लागि पनि यसबाट सहयोग पुग्दछ ।’ कृषक पहिचान र वर्गीकरणको काम गण्डकी प्रदेशका ७ सय ५९ वडै वडा गरिने मन्त्री थापाले जानकारी दिए । उनका अनुसार किसानले सरकारी सुविधा लिन आफ्नो र्फम अनिवार्य रुपमा मन्त्रालयमा दर्ता गराउनुपर्नेछ ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९