पोखरा, ७ असोज । पोखरा ड्यामसाइडस्थित फेवा किनारमा माछापुच्छ्रे प्रतिविम्ब पार्क (झण्डा पार्क) निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ ।
प्रदेश सरकार र पोखरा महानगरपालिकाको ५०/५० लाख रुपैयाँ लगानीमा पार्क निर्माण गर्न लागिएको हो ।
यसका लागि समिति गठन भएको छ । प्रमुख सचिव लक्ष्मीराम पौडेलको संयोजकत्वमा अर्थ सचिव मुक्तिराम पाण्डे, भौतिक पूर्वाधार सचिव इश्वरचन्द्र मरहट्टा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल र महानगरकै सिनियर डिभिजन इ. शोभियत खड्का सदस्य रहेको समिति गठन भएको हो । समितिले पार्कसँगै महानगर र प्रदेश सरकारको समन्वयमा गरिने कामबारे पनि अध्ययन गर्नेछ ।
पार्कका लागि समितिले एकसाताभित्र आवश्यक काम सकेर एमओयु गर्ने प्रक्रियामा लैजानेछ । ‘एक करोडको लगानीमा काम हुन लागेको हो ।
त्यसकै लागि समिति गठन भएको छ,’ महानगरका प्रशासकीय अधिकृत पौडेलले भने, ‘एकसाताभित्र एउटा खाका तयार हुन्छ । त्यसपछि एमओयु गरेर काम शुरु गछौर्ं’ पार्क निर्माणका लागि टेण्डर गर्ने मेयर मानबहादुर जिसी बताउँछन् ।
ड्यामसाइडको ४ रोपनी क्षेत्रफलमा माछापुच्छ्रेको शिर देखिने गरी पार्कको परिकल्पना गरिएको छ । जहाँ माछापुच्छ्रेको शिरमा नेपालको झण्डा रहनेछ ।
इ. किसान गुरुङले पार्क निर्माणका लागि डिजाइन तयार गरेका थिए । सोही डिजाइनमा महानगरपालिकाले लगानी गरेर काम गर्न लागेको थियो । यद्यपि प्रदेश सरकारले पनि चासो देखाएकोले सहकार्य गर्न लागिएको मेयर जिसी बताउँछन् । ‘महानगरले पहिले नै कामको तयारी गरिसकेको थियो ।
पछि प्रदेश सरकारले पनि नेपालको झण्डा बनाउने भनेर छलफल हुँदा सहकार्य गरौं भनेका हौं,’ उनले भने, ‘पोखरामा एउटा भए पनि हेर्नलायक ठाउँ बनाऔं भनेर पार्कको कन्सेप्ट आएको हो । पर्यटकका लागि पनि यो महत्वपूर्ण हुन सक्छ ।’
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९