पोखरा, ७ असोज।मन्त्री परिषद्को कार्यालय गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले पूर्व कर्मचारीमा रहेको ज्ञान, सीप र क्षमताको प्रयोग गर्न सरकार सदा तत्पर रहेको बताएका छन्।
पूर्व कर्मचारी सेवा परिषद् कास्कीको १४ औं वाषिर्क साधारण सभाको आइतवार उद्घाटन गर्दै मुख्य सचिव पौडेलले उक्त कुरा बताएका हुन्। प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पूर्व कर्मचारी सेवा परिषद्को योजना अनुसार निवृत्त कर्मचारीको सेवा राष्ट्रले प्राप्त गर्ने बताए।
कार्यक्रममा जिल्ला समन्वयका अधिकारी डिल्लीराम सिग्देल, संस्थाका प्रमुख सल्लाहकार कृष्णप्रसाद भण्डारी, निवर्तमान अध्यक्ष पिताम्बर बराल, पर्वत जिल्ला अध्यक्ष टंकप्रसाद सुवेदी, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ कास्कीका अध्यक्ष प्र.से. डिल्लीराम बास्तोला, पूर्व कर्मचारी बचतका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शुभकामा मन्त्व्य राखेका थिए।
त्यस अवसरमा गोधूलिको सन्देश स्मारिका विमोचन, ८० वर्ष माथिका आजीवन सदस्यको सम्मान र नवनियुक्त अधिकृत लाईसम्मान गरिएको थियो।
पूर्व क्याम्पस प्रमुख गेहेन्देश्वर कोइरालाले गोधूलिको सन्देश चौथो अंकको समीक्षा गरेका थिए।
संस्थाका अध्यक्ष कृष्णकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले स्वागत र सचिव अनन्तराज लम्सालले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९