लेखनाथ, ७ असोज। गण्डकी प्रदेशका पर्यटन, वाणिज्य, वन तथा वातावरण मन्त्री विकास लम्सालले मानिसको मुख्य शत्रु भनेकै गरीबी र पछौटेपन भएको बताएका छन्।
सिलिङगे कृषि उत्पादक सहकारी संस्था, पोखरा २६ को १० औं वाषिर्क साधारण सभा उद्घाटन गर्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् । उनले जसमा सृजनशील भावना हुँदैन, उसको आर्थिक उपार्जनमा पनि कमी हुने भन्दै उत्पादनशील क्षेत्रमा केन्द्रित हुन जोड दिए ।
प्रदेश सांसद दीपक कोइरालाले भविश्यमा पोखरामा बढ्ने पर्यटनलाई आधार मानी सहकारीहरुले अब पैसा नभै सेयर सदस्यको संकलित पुँजी कृषि उत्पादनतर्फ लगानी गरेर अगाडि बढ्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।
संस्थाका अध्यक्ष शैलेन्द्रमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष नारायणप्रसाद बराल, संस्थापक सदस्य देवेन्द्र रानाभाट, वरिष्ठ सल्लाहकार मुरारी शर्मा, मुक्तिनाथ विकास बैंक बूढीबजार शाखा प्रमुख रामचन्द्र रानाभाट र पवित्र बचत तथा ऋण सहकारी संस्था अध्यक्ष शिवबहादुर रानाभाट लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य काम गर्ने सामाजिक व्यक्तित्व, संस्थापक सदस्य, ज्येष्ठ नागरिक र असल सहकारी अभ्यासका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संचालन सचिव सूर्यप्रसाद बञ्जरा र स्वागत उपाध्यक्ष श्यामा सिग्देलले गरेकी थिइन्।
सेयर पुँजी चार करोड ६८ लाख रहेको सो संस्थामा सात सय २६ सेयर सदस्य छन्।
Related News
सम्बन्धित समाचार
तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति
पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई
सेन्टर प्वाइन्टमा प्याराडाइज स्पाको शाखा
आज संविधान दिवस
पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१