पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । संघको ३२ औं महाधिवेशनमा शनिबार अध्यक्षका प्रतिष्पर्धी रवीन्द्रबहादुर प्रजुलाई मात्र ७ मतान्तरले पराजित गर्दै अधिकारी संघको २३ औं अध्यक्ष निर्वाचित भएका हुन् ।
इलेक्ट्रोनिक भोटिङमार्फत २ हजार ९ सय ८६ मत खसेकोमा विजयी अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरेका हुन् । उनी यसअघि संघमा महासचिव थिए ।
वस्तुगत र केही खुला सदस्य बाहेक सबै पदाधिकारी र सदस्यहरु प्रजु प्यानलबाट विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी छन् । उनले १ हजार ७ सय १५ मत ल्याएका छन् भने प्रतिष्पर्धी यदुनाथ अधिकारीले १ हजार २ सय ३५ मत पाए ।
उपाध्यक्ष (उद्योग) तर्फ विन्दु कोइराला सुवेदी १ हजार ७ सय ११ मतसहित विजयी हुँदा प्रतिष्पर्धी गीता तिवारीले १ हजार २ सय ३८ मत प्राप्त गरिन् ।
उपाध्यक्ष -वाणिज्य) तर्फ पवनकुमार प्रजापती निर्वाचित भए । उनको १ हजार ८ सय ३६ मत छ भने प्रतिष्पर्धी यमनाथ पौडेलले १ हजार १ सय ५ मत प्राप्त गरे ।
महासचिवमा अर्जुन पोखरेल ४ सय ५४ मतान्तरले विजयी भए । उनले १ हजार ७ सय २ ल्याउँदा किसान सुनारको पक्षमा १ हजार २ सय ४८ मत पर्यो ।
कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे १ हजार ५ सय २ मतसहित विजयी हुँदा प्रेमबहादुर भुजेलको १ हजार ४ सय ४५ मत आयो ।
उपमहासचिवमा चीनुकुमारी गुरुङ विजयी भइन् । उनले प्रतिष्पर्धी सीता बराललाई १ सय ९३ मतले पछि पारेकी हुन् । गुरुङले १ हजार ५ सय ६१ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।
खुला १० सदस्यतर्फ अधिकारी प्यानलबाट रुद्रप्रसाद लुइँटेल, शोभित पौडेल र नगेन्द्रप्रसाद सुवेदी विजयी हुँदा अन्य ७ जना प्रजु प्यानलको वर्चश्व रह्यो । खुला सदस्यतर्फ प्रजु प्यानलकी कुमारी मुना बास्तोलाले सबैभन्दा बढी १ हजार ६ सय ७५ मत प्राप्त गरिन । त्यसपछि क्रमशः रुद्रप्रसाद लुइँटेल १ हजार ६ सय ४९, केशवबहादुर खत्री १ हजार ६ सय, दिनेशचन्द्र बास्तोला १ हजार ५ सय ८६, शोभित पौडेल १ हजार ५ सय ७०, बलराम आचार्य १ हजार ५ सय ५१, नगेन्द्रप्रसाद सुवेदी १ हजार ५ सय ३२, ऋषिराज भण्डारी १ हजार ५ सय ६, रामेश्वर अधिकारी १ हजार ४ सय ९९ र कीर्तिबल्लभ त्रिपाठी १ हजार ४ सय ४६ मत सहित विजयी हुन सफल भए ।
वस्तुगत ४ सदस्यतर्फ अधिकारी प्यानलको बहुमत छ । श्रीप्रसाद घले, चिन्तामणि बास्तोला र तारानाथ ढुंगाना विजयी हुँदा प्रजु प्यानलका हरिराज पन्तमात्रै विजयी भए ।
बास्तोला र ढुंगानाले समान १५ मत ल्याए भने पन्तले १४ र घलेले १३ मत ल्याए । कपोर्रेटतर्फ हर्क अधिकारी ३६ र हरिहर सापकोटा ३२ मत सहित विजयी भए । उनीहरु प्रजु प्यानलका हुन् । उद्योगतर्फ प्रजु प्यानलकै सुरेशबहादुर श्रेष्ठ ५४ मतसहित विजयी भए।
अधिकारीको नेतृत्वमा तयार भएको २९ सदस्यीय कार्यसमितिमध्ये ७ पदाधिकारीसँगै १० खुला सदस्य, ४ जना वस्तुगत सदस्य, २ जना कपोर्रेट र १ जना उद्योगतर्फको सदस्यमा निर्वाचित भएका हुन् । जसमा ७ जनामात्रै अधिकारी प्यानलका छन् भने बाँकी १७ जना प्रजु प्यानलका छन् । निर्वाचित अध्यक्षले ४ जना मनोनीत गर्नेछन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य हुनेछन् ।
२०११ सालमा ब्यापार संघको रुपमा स्थापित संस्था पोखरा उद्योग वाणिज्य संघको रुपमा रुपान्तरण भएको हो ।
प्रजु प्यानलबाट शपथ बहिष्कार
निर्वाचनको नतिजा सार्वजनिक भएपछि शनिवार नै नयाँ कार्यसमितिको शपथ ग्रहण भैसकेको छ । तर रवीन्द्रबहादुर प्रजु प्यानलका कोही पनि शपथमा सहभागी भएनन् । नतिजा नमिलेको भन्दै उनीहरुले मत संख्या नमिलेसम्म शपथ नलिने घोषणा गरेका हुन् । निर्वाचन कमिटीले ७ जनालाई मात्रै शपथ गराएको छ । २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक भए पनि नतिजामा ३७ मत हराएको भन्दै प्रजु प्यानलले धाँधली भएको आरोप लगाएको छ । निर्वाचन कमिटीका संयोजक तीर्थ श्रेष्ठले चाहीँ शपथ बहिष्कारबारे आफूहरुलाई जानकारी नभएको बताए ।
‘हामीले प्यानल भनेर मनोनयन लिएका पनि हैनौं र नतिजा पनि प्यानल भनेर दिएका छैनौं,’ उनले भने, ‘को शपथमा सहभागी भयो-भएन, हामीलाई मतलव हुँदैन । निर्वाचन प्रक्रिया सकिएपछि शपथ गराइएको हो।’
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९