पोखरा, ६ असोज। स्वतन्त्र पत्रकार संघ नेपालद्वारा आयोजित त्रिदिवसीय पत्रकार प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सो प्रशिक्षणको शनिबार उदघाटन गरे ।
उनले पत्रकारको वर्तमान पुस्ता मुलुकमा परिवर्तनका लागि महत्वपूर्ण भूमिका निभाउनुका साथै सबैभन्दा बढी उतारचढाव देख्ने, भोग्ने र लेख्ने गरेका कारण कहिलेकाही ज्यानै जोखिममा परेको स्थितिको सामना गर्नु परेको भएता पनि अघिल्लो र आउने पुस्ताभन्दा बढी भाग्यमानी भएको बताए । उनले वर्तमानमा पत्रकारितालाई व्यावसायिक बनाउने चुनौती रहेको उल्लेख गरे । १० पटक बोलिएको भन्दा एक पटक लेखिएकोमा बढी विश्वास गरिने भएको हुँदा समाजमा पत्रकारिताको महत्व छ, तर यो वा त्यो खेमामा विभाजित भएर पत्रकारिताको विकास सम्भव छैन उनले भने । उनले तालिम पत्रकारितालाई थप मर्यादित, सार्थक र सहभागीहरूलाई नमूना योग्य बन्न प्रेरणा देओस् भन्ने कामना गरे ।
सो अवसरमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले पत्रकारितालाई पुनः परिभाषित गर्नु पर्ने बेला आएको बताउँदै आज कस्ले पत्रकारिता गरेको छैन र ? भन्ने स्थिति छ, यसलाई चिर्न सक्नु पर्छ भने । समयक्रममा यो सग्लिदै पनि जान्छ र यो अलमलको स्थिति लामो रहनु हुँदैन भन्दै उनले समाचार सग्लिए पछि सञ्चारमाध्यमहरू पनि स्वतः संग्लिन्छन् भने । उनले समस्या नबुझ्दा विग्रिएको छ भन्दै पत्रकारिता समाज बदल्ने पेशा भएको हुँदा यसलाई हल्का रूपमा र जागिरेको रूपमा लिन नहुने बताए। नले भने- यो सेवाको कार्य र अभ्यास गर्दै जाने विषय हो ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी पत्रकारहरूको अभिभावक हुनुका साथै पत्रकारिता जगतको इन्साइक्लोपेडिया भएको र यस्तो व्यक्तित्वलाई प्रशिक्षकको रूपमा पाउनु गौरवको विषय हो भने । उनले तालिम दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण कार्य हो, यसले पत्रकारलाई चलायमान बनाउन थप मद्दत गर्ने छ भन्ने विश्वास व्यक्ति गरे ।
त्यसैगरी, उदघाटन सत्रमा अध्यक्षीय मन्तव्य व्यक्त गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारितामा राजनीतिक दलगत र त्यसमा पनि गुटगत आग्रह पूर्वाग्रहबाट टाढा रहन चाहनेहरूको पेशगत हक हितका लागि स्वतन्त्र पत्रकार संघ स्थापित भएको बताए । संघमा आवद्ध पदाधिकारीहरू तथा सदस्यहरूको क्षमता अभिबृद्धिका साथ संगठन विस्तारमा सहयोग पुगोस् भन्ने धेयले तालिमको आयोजना गरिएको बताए ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष उदयबहादुर अमात्यले स्वागत मन्तव्य रहेको प्रशिक्षणको उद्घाटन कार्यक्रमको संघका महासचिव नवराज पहाडीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा संघको शाखा रहेका विभिन्न १५ जिल्लाका अध्यक्षसहितका प्रतिनिधि, राष्ट्रिय पदाधिकारी, सदस्यसमेत ३० जनाले भाग लिएका छन् ।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९