हेमजा, ६ असोज। माछापुच्छे्र गाउँपालिका-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयले विद्यालयको सर्वाङ्गीण विकासको लागि असोज १२ देखि २० गतेसम्म शैक्षिक एवं धार्मिक महोत्सव गर्ने भएको छ।
शनिवार विद्यालय प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष कृष्णप्रसाद दवाडीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै शिक्षालाई महत्व दिएर समृद्घकिो सपना पूरा गर्नुपर्नेमा जोड दिए।उनले महोत्सवमा वडाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्घता पनि व्यक्त गरेका छन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद गुरुङले महोत्सव सफल पार्नु माछापुच्छे्र गाउँपालिकावासीको कर्त्तव्य भएको चर्चा गर्दै सरोकारवाला सबैले महोत्सवमा सक्दो सहयोग गर्नुपर्ने धारणा राखे।उनले महोत्सवमा ५५ हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा समेत गरे ।
त्यस्तै मूल आयोजक कमिटिका सदस्य टेकनाथ गौतमले महोत्सवलाई सच्चा शहीदको सम्मानका रुपमा लिन आग्रह गर्दै भिडावारीस्थित बराह माविलाई प्राविधिक हव तथा शहीद हरिप्रसाद आधारभूत विद्यालयलाई जेटिएको हव बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले महोत्सवमा ३० हजार पाँच सय सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
विद्यालयले महोत्सवबाट डेढ करोड संकलन गर्ने लक्ष्य राखेको तथा महोत्सव संचालनार्थ २२ देखि ३० लाख खर्च हुने अनुमान पनि गरेको छ।कार्यक्रममा मूलसमारोह समिति सचिव भरतराज अधिकारी, विद्यालय प्रअ बलराम रानाभाट लगायतले पनि भनाइ राखेका थिए।
मूल समारोह समिति संयोजक ललितमान गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा सदस्य टेकनाथ गौतमले स्वागत र प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९