लेखनाथ, ६ असोज । लेखनाथको तालचोकमा भिजन मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टरको शनिवार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
सेन्टरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख वैन बहादुर क्षेत्रीले शिक्षा भनेको परम्परागत भन्दा पनि आधुनिक विधि र प्रविधिका साथ हुनु पर्ने र जसको लागि मन्टेसरी विधि उपयोगी भएको बताउँदै अब निजी तथा सामुदायिक विद्यालयहरुमा मन्टेश्वरी कक्षाको आवश्यकता रहेको विचार राखेका थिए ।
कार्यक्रममा प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष माधवशरण उपाध्यायले मन्टेश्सरी शिक्षा आजको अनिवार्य आवश्यकता भएको विषय वस्तु हो भन्दै शिक्षण विधि र प्रकृयामा नवीनतम सोचका साथ शिक्षकहरुलाई आवश्यक पर्ने मन्टेसरी शिक्षा दिनुपर्ने सुझाव राखेका थिए भने शैक्षिक तालिम केन्द्र कास्कीका तालिम प्रमुख केशरीरमण न्यौपानेले पर्ढाई नयाँ विधि र प्रविधिको हुनुपर्ने धारणा राखेका थिए ।
संस्थाका प्रबन्ध निर्देशक दुर्गा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी देवीरमण न्यौपाने, सेन्टरका संचालक बाबुराम न्यौपाने र जनप्रकाश मा.वि.का शिक्षक विकल न्यौपाने लगायतले मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९