पोखरा, ६ असोज । पोखरा महानगरपालिका वडा ११ मा रहेको काहूँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले पर्यटनको प्रचूर सम्भावना बोकेको काहूँ क्षेत्रको विकासमा सहकारीले योगदान गर्नुपर्नेमा जोड दिए ।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सहकारीले पशुपालनमा योगदान गरेर प्रशंसनीय काम गरेको बताए ।
कार्यक्रममा नेपाल बहुउदेश्यीय केन्द्रिय सहकारी संघका प्रदेश संयोजक सुरेन्द्रमणि पौडेल, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख केदारनाथ उप्रेती, कोन सहकारीका उपाध्यक्ष तीर्थबहादुर बस्नेत, कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष कुमार क्षत्री, पशु सेवा कार्यालयका प्रतिनिधि राजुबहादुर बोगटी र संस्थाकी कोषाध्यक्ष खुमकुमारी रायमाझीले बोलेका थिए । कार्यक्रममा संस्थाका कर्मचारी रामचन्द्र घिमिरेलाई सम्मान गरिएको थियो । सहकारी अध्यक्ष बोधराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चित्रप्रसाद लामिछानेले स्वागत र सचिव दीपकप्रकास आचार्यले संचालन गरेका थिए ।
कुल छ सय ३१ सेयर सदस्य रहेको सो सहकारीले पोखरा वडा ११,१२,१३,१४ र २० वडालाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।
संस्थाले करिब १३ करोड रुपैयाँ बढी ऋण लगानी गरिसकेको अध्यक्ष बोधराज घिमिरेले बताए ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९