लेखनाथ, ६ असोज। पोखरा महानगरपालिका वडा ३०, पावरहाउसस्थित जनता बहुउद्देश्यीय सहकारी संस्थाको सातौ वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
साधारणसभा उद्घाटन गर्दै सांसद दीपक कोर्इरालाले संविधान निर्माण पछि आएको उपलब्धिको उपयोग गर्दै परिमाण देखिने गरी सहकारीहरु उत्पादनशील क्षेत्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।
सहकारीले स्थानीयस्तरमा गरेको उपलब्धिको प्रशंसा गर्दै उनले एक सहकारी एक उत्पादनको अवधारणा अनुसार कृषिलाई ब्यावसायीकरण गर्दै सेयर सदस्यको जीवनस्तर उकास्ने खालका योजना लिएर अगाडि बढ्नु पर्ने सुझाव राखेका थिए।
संस्थाका अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, लेखनथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, ब्रम्हरुपा माविका प्रधानाध्यापक दुर्गालाल पण्डित र एनसीसी बैंक तालचोकका शाखा प्रमुख राजेन्द्र लम्साल लगायतले सहकारीले पैसा बेचेर होर्इन, अब सेवा र वस्तु बेचेर आम्दानीको स्रोत बनाउनु पर्ने धारणा राखेका थिए। संस्थाका सचिव विश्वराज लामिछानेले संचालन गरेको सो कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष कुलबहादुर रानाभाटले गरेका थिए। कार्यक्रममा संस्थाका सेयर सदस्य परिवारका ज्येष्ठ सदस्य, एसर्इइ परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थी लगायत असल सेयर सदस्यलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९