पोखरा, ६ भदौ । सांगीतिक कार्यक्रमका लागि सातौं बिग आइकन सुवास गुरुङ बेलायत प्रस्थान गरेका छन् ।
बेलायतबाट प्रकाशित हुने नेपाली भाषाको पत्रिका ‘यूरोपको नेपालीपत्र’ को निम्तो तथा काठमाडौंस्थित ब्रिटिश कलेजको व्यवस्थापनमा उनीसहित बिग एफएम अधयक्ष महेश भण्डारी विहीवार त्यसतर्फ प्रस्थान गरेका छन् ।
त्यहाँ करिब दुर्इ हप्तासम्म सुवासले विभिन्न शहरमा रहेका नेपाली समुदायबीच सांगीतिक प्रस्तुति राख्ने कार्यक्रम छ । यसअघि, चौथो बिग आइकन मुस्कान रानाभाट, छैटौं बिग आइकन साजन आलेले बेलायत पुगेर सांगीतिक कार्यक्रम गरिसकेका छन् ।
द ब्रिटिश कलेजसँग बिग आइकन गायन रियालिटी शोको सहकार्य भएपछि यो चाँजोपाँचो मिलेको हो । लण्डनस्थित साउथ हारोमा रहेको माया पवमा दुर्इ वटा कार्यक्रम र लण्डनकै प्लमस्टिडमा रहेको डाँफेमा उनको प्रस्तुति रहनेछ । जसको प्रचारप्रसार माया पव र डाँफेले गरिरहेको छ ।
बसाइँको सम्पूर्ण बन्दोबस्त यूकेस्थित ‘नेपालीपत्र’ ले नै गर्नेछ । ‘नेपालीपत्र’ यूकेबाट निस्कने नेपाली भाषाको पत्रिका हो । यो पत्रिका भगिनी संस्था द ब्रिटिश कलेजको मातहतमा रहेर निस्कँदै आएको छ । ‘द ब्रिटिश कलेज’ले नेपालमै बेलायतकै यूनिभर्सिटीको सम्बन्धनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको छ । कलेजले यसपालि बिग आइकनमा सहयोग गरेको थियो ।
युरोपको नेपालीपत्र लि. का म्यानेजिङ डिरेक्टर राजन कँडेलले बिग आइकन गुरुङको सांगीतिक भ्रमणलाई उपलब्धिमूलक र स्मरणयोग्य बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
यूके प्रस्थान गर्नु अघि बिग आइकन सुवास निकै उत्साहित देखिन्थे। ‘लण्डनमा विशेष कार्यक्रमहरुमा प्रस्तुति राख्ने कुरा भएको छ,’ गुरुङले भने, ‘एकदमै एक्साइटेड छु । आफूलाई निकै भाग्यशाली ठानेको छु ।’
एफएम अध्यक्ष भण्डारीले सांगीतिक यात्राले बिग आइकनको अन्तर्राष्ट्रिय प्रभाव देखाउने बताए ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९