पोखरा, ४ असोज। पोखराकै सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन शुक्रबार शुरु हुँदैछ।
संघको आगामी नेतृत्वको लागि दुर्इ प्यानल चुनावी मैदानमा उत्रिएका छन्। झण्डै महिना दिनको चुनावी प्रचार सकेर उम्मेदवार आफ्नो भाग्यको प्रतीक्षा गर्दैछन्।
संघमा काँग्रेसको समर्थनमा लोकतान्त्रिकबाट रवीन्द्रबहादुर प्रजू (रविन्सन) को प्यानल चुनावी मैदानमा छ भने नेकपाको समर्थनमा समावेशी व्यवसायी समूहबाट दामु अधिकारीको प्यानल चुनावी होडमा छ। महाधिवेशनअन्तर्गत पदाधिकारीसहित २४ पदका लागि ४६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। समावेशीबाट अध्यक्षमा उम्मेदवारी दिएका अधिकारी वर्तमान महासचिव हुन् भने पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्षसमेत रहेका लोकतान्त्रिकका प्रजू संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन्।
महाधिवेशनमा अधिकारी प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष -उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल उम्मेदवार छन्। त्यस्तै सदस्यमा नारायण पौडेल, डिबि भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल उम्मेदवार छन्।
उता, प्रजु प्यानलतर्फ वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे, महासचिवमा चीनुकुमारी गुरुङ तथा कार्यसमिति सदस्यमा बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, कुमारी मुना बास्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी र रामेश्वर अधिकारी उम्मेदवार रहेका छन्। दुर्इ दिनसम्म चल्ने सो महाधिवेशनको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्ने कार्यक्रम छ।
नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुने उद्घाटन समारोहपछि दोस्रो दिन पोखरा उद्योग वाणिज्य संघ परिसरमा चुनावी कार्यक्रम हुने पोखरा उद्योग वाणिज्य संघले जनाएको छ। मतदान कार्यक्रम शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए।
संघमा ७ जना पदाधिकारीसहित खुला सदस्यतर्फ १०, वस्तुगतमा ४, कपोर्रेटमा २ जना र उद्योगमा १ जना सदस्य निर्वाचित हुनेछन्। २९ सदस्यीय कार्यसमितिअन्तर्गत निवर्तमान अध्यक्ष पदेनसदस्य रहनेछन् भने निर्वाचित अध्यक्षले ४ जना सदस्य मनोनयन गर्न पाउने प्रावधान छ।
Related News
सम्बन्धित समाचार
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
पोखरामा खुल्यो होटल पौवा
होटल पौवाको ११ औं शाखा पोखरामा
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९