महिला पर्यटन व्यवसायी मञ्चमा पराजुली

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७५
paryatan

पोखरा, ४ असोज । महिला पर्यटन व्यवसायी मञ्चमा जमुना पराजुली सर्वसम्मत चयन भएकी छन् । मञ्चको विहीबार सम्पन्न साधारणसभा तथा अधिवेशनले पराजुलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा पार्वती पाण्डे र उमा रेग्मी भण्डारी, सहसचिव ममता न्यौपाने, कोषाध्यक्ष कान्ति अधिकारी र सहकोषाध्यक्ष लक्ष्मी न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा उमादेवी अधिकारी, बालकुमारी न्यौपाने, मञ्जु कार्की, शारदा भुजेल, माया सुवेदी, रीता रेग्मी पौडेल, भावना रानाभाट, लिलुमाया भण्डारी, मिठुदेवी लामिछाने, सुशीला सिग्देल र सुन्ती पुर्जा छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यक्रम उद्घाटन गर्दै सन् २०२२ लाई गण्डकी प्रदेश भ्रमण वर्ष मनाउने प्रदेश सरकारले लक्ष्य लिएको बताए । त्यतिबेला २० लाख पर्यटक भित्राउन सक्ने सम्भावना रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पूरा भइसकेको हुनेछ । त्यतिबेला, उत्तरदक्षिणबाट रेलमार्गहरु खुलिसकेका हुनेछन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘पृथ्वीराजमार्ग र सिर्द्धार्थ राजमार्गहरु पर्यटक भित्राउन सकिने प्रमुख आधार हुन् ।’

मुख्यमन्त्री गुरुङले महिला पर्यटन व्यवसायीहरुलाई पर्यटनको क्षेत्रमा थप लगानी र पुँजी निर्माण गर्न आग्रह गरे । प्रकृतिले पोखरालाई दिएको सुन्दरता नै काफी रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले प्रकृतिबाट प्राप्त सुन्दरतालाई पोखराले बेच्न सक्नुपर्ने औल्याए । उनले अघिल्लो साता एक कार्यक्रममा यौन व्यवसायको विषयमा आफूले विकृतिका कुरालाई समाजबाट हटाउनु पर्ने धारणा राखेकोमा त्यसलाई गलत प्रचार गरिएको बताए। पीटीआरसीका अध्यक्ष गणेशबहादुर भट्टराईले महिला पर्यटन व्यवसायीहरुलाई पर्यटनसम्बन्धी गतिविधिमा सहभागिता जनाउन आग्रह गरे । पर्यटनको क्षेत्रमा प्रयोग हुने आवश्यक सामग्रीको उत्पादनमार्फत महिला पर्यटन व्यवसायीहरुले जीडीपी वृद्धि गर्न योगदान पुर्‍याउन सक्ने भट्टराई धारणा थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड सदस्य अग्नि कँडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणि लामिछाने, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्णकार्की, संघकी सदस्य, गोमा ढकाल, राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय सदस्य गोविन्द पहारी, उक्त संगठन गण्डकीका कोषाध्यक्ष दुर्गा ढकाल, सामुदायिक सेवा केन्द्र बैदामकी अध्यक्ष मीना भट्टराई लगायतले बोलेका थिए ।

उक्त अवसरमा मिडिया सल्लाहकार जमुना शर्मा ‘वर्षा’, प्याराग्लाडिङ राष्ट्रिय महिला टिमका त्रीसा श्रेष्ठ बम्जन तामाङ, प्रतिभा भुजेल र सविता तामाङलाई मञ्चले सम्मान गरेको थियो ।

कार्यक्रममा सचिव उमा रेग्मी भण्डारीले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कान्ति अधिकारीले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मञ्च अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती पाण्डेले स्वागत, सहसचिव ममता न्यौपानेले धन्यवाद ज्ञापन र सचिव उमा रेग्मी भण्डारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • निर्माण व्यवसायी समितिमा शिव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा, १५ मंसिर । निर्माण व्यवसायी समितिमा शिवबहादुर खड्का अध्यक्ष चुनिएका छन् । समितिको २६ औं साधारण सभा तथा १३…
  • पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा बहुमुखी बहुमुखी क्याम्पसले बिहीबार ३७ औं वार्षिकोत्सव मनाएको छ । समारोह उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोग प्रमुख…
  • पोखरा आदर्शमा वार्षिक खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । गण्डकी एकेडमी फाउन्डेसन प्रा।लिका…
  • निशुल्क रक्त परीक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले बुधबार सचेतना कार्यक्रम तथा निशुल्क रक्त परीक्षण…
  • स्रष्टा सम्मान तथा साक्षात्कार

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । संघर्षमा कलम पोखराले भारतको सिलगढीबाट आएका स्रष्टासँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले असमका वरिष्ठ…

hero news full width