पोखरा, ३ असोज। हरिगोपाल गणेशमाया स्मृति छात्रवृत्ति बुधबार कालिका मावि, रामबजारमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिएको छ ।
संविधान दिवस अवसरमा विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा गरीब तथा जेहेन्दार विद्यार्थीहरुमध्ये कक्षा १२ का जेनिसा थापामगरलाई १० हजार, रुपा शर्मा तथा पार्वती गुरुङलाई ९ हजार ६ सय, कक्षा १० का सामुयल सुवेदीलाई ४ हजार र कक्षा ९ की अञ्जना सुवेदीलाई ६ हजार रुपैयाँ छात्रवृत्ति स्वरुप वितरण गरिएको हो।
रामबजारका हरिगोपाल रञ्जित र गणेशमाया रञ्जितको स्मृतिमा उनका ४ छोराहरु वैकुण्ठ, शिव, सर्ुदर्शन र विजयले स्थापना गरेको ४ लाख रुपैयाँ बराबरको अक्षयकोष व्याजबाट गत वर्षदेखि छात्रवृत्ति प्रदान हुँदै आएको छ ।
त्यसैगरी रञ्जित परिवारले पोखरा ९, बसपार्कको सहारा प्राविलाई समेत अक्षयकोष राखी छात्रवृत्ति प्रदान गर्दैआएको सर्ुदर्शन रञ्जितले जानकारी दिए।
छात्रवृत्ति वितरण कार्यक्रममा अधिवक्ता वीनिता नेपालीले संविधान दिवस अवसरमा वर्तमान संविधानमा भएका विभिन्न मौलिक हकबारे विस्तृत व्याख्या गरेकी थिइन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानध्यापक श्रीराम आचार्य, शिक्षक प्रतिनिधि सदस्य लक्ष्मीकान्त अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९