पोखरा, ३ असोज। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशका सबै सम्बन्धित निकायले साथ दिए अकोर् वर्ष वैज्ञानिक सम्मेलन पोखरामा गराउन आफू तयार रहेको बताएका छन्।
पृथ्वीनारायण क्याम्पस विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा आयोजित छैठौं विज्ञान दिवस अवसरमा बोल्दै मन्त्री लम्सालले सो कुरा बताएका हुन् ।
‘लुम्लेमा कृषि अनुसन्धान केन्द्र, वनविज्ञान अध्ययन संस्थानलाई वनसम्बन्धी अनुसन्धान केन्द्र, पृथ्वीनारायण क्याम्पसमा बृहत् विज्ञान प्रयोगशाला केन्द्र र पोखरा विश्वविद्यालयलाई प्राज्ञिक केन्द्रको रुपमा विकास गर्न कार्ययोजना लिएर आउनुस् हामी अनुसन्धानका लागि तयार छौं,’ मन्त्री लम्सालले भने।
अन्य प्रदेशको तुलनामा प्रदेश ४ प्राकृतिक रुपले समृद्ध भएकोले पोखरालाई पर्यटकीय राजधानी बनाउन लागि परेको र गण्डकी प्रदेशको माताहातमा रहेर नास्टको जस्तै पृथ्वीनारायण क्याम्पसमा खाद्य प्रविधि प्रयोगशाला स्थापना गर्नुपर्ने आवश्यकता मन्त्री लम्सालले औल्याए।
विज्ञान दिवस विश्वभर विभिन्न मितिमा दिगो समाज र शान्तिका लागि वैज्ञानिक चेतना छर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा एकता कायम राख्ने, विज्ञानद्वारा उत्पन्न समस्या र समाधानको चुनौतीप्रति सजग गराउने उद्देश्यले २०७० सालदेखि मनाउँदैआएको छ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पसका प्रमुख प्राडा चन्द्रबहादुर थापा, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी लगायतले नीति, निर्माणमा विज्ञानका कार्यक्रमले सहयोग पुर्याउने र वैज्ञानिक अनुसन्धान देशको मेरुदण्ड भएको औल्याए। नास्टका सहप्राज्ञ शोभाकान्त लामिछानेले मुलुकलाई अघि बढाउन विज्ञानमा आधारित प्रविधि बढाउन आवश्यक भएको बताए।
प्राणीशास्त्र विभागीय अध्यक्ष किशोरकुमार पोखरेलले वातावरणीय समस्या र औद्योगिक क्षेत्र बलियो बनाउन विज्ञान दिवसको सार्थकता हुने बताए। उक्त कार्यक्रममा प्राडा अक्कलदेव मिश्र, ऋषि बराल, डा सुदेश ज्ञवाली, डा कपिल अधिकारी र डा रामजीवन यादवद्वारा विज्ञानका विभिन्न विधामा ५ वटा प्रस्तुतिकरण गरिएको थियो।
प्राध्यापक डा एडी मिश्रको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ७० जना भन्दा बढीको सहभागिता थियो। यस वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधिः दिगो विकास र समृद्धि’ तय गरिएको छ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरीमा तीजमेला हुने
फोनिज गण्डकीलाई फुटसल उपाधि
जातीय भेदभावविरुद्ध प्रशिक्षण
‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’
रेडक्रसमार्फत विपद् जोखिम न्यूनीकरण प्रविधि हस्तान्तरण
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९