पोखरा, ३ असोज।फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पर्यटकीय आकर्षणको केन्द्र भएकाले अझ बढी व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ।
तालवाराही मन्दिर संरक्षण समिति पोखरा-६ को २२ औं साधारण सभाको उद्घाटन समारोहका वक्ताले उक्त कुरामा जोड दिएका हुन्।
समारोहका प्रमुख अतिथि पोखरा-६ का वडाध्यक्ष जगतबहादुर पहारीले तालवाराही मन्दिर फेवाताललगायत ऐतिहासिक तथा प्राकृतिक सम्पदा संरक्षणको लागि जनप्रतिनिधि सबैको जोड रहेको बताउँदै भने- फेवाताल हाम्रो जीवन हो। यसलाई जसरी पनि संरक्षण गर्नुपर्छ।
उनले मन्दिर र डुंगा व्यवसायी एक अर्काका पूरक भएकाले यी दुवै बीचको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए।
फेवालाई प्रदुषणमुक्त गर्न वाइपास डे्रम बन्दैछ उनले भने- फोहर गर्ने हामी नै हौ, हामी नै सचेत बन्नर्ुपर्छ।
साथै उनले तालवाराही मन्दिर वरपर सदा सफाइ भइरहनु पर्ने सुझाव राखेका थिए।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले तालवाराही मन्दिरलाई विविध पक्षबाट भव्य बनाउन गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिए।
सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रविन्द्र माकाजुले हाम्रो धर्म संस्कृतिमाथि विभिन्न रुपबाट आक्रमण भइरहेकोमा सचेत हुनुपर्नेमा जोड दिँदै संस्कृति संरक्षणमा युवापुस्तालाई सहभागी गराउनुपर्ने बताए।
समाजसेवी होमबहादुर लामिछानेले मन्दिरको सम्पत्तिमा कसैले लोभ गर्न नहुने बताउँदै भने-फेवाताल किनारका वासिन्दाहरु मिलेर काम गरे मात्र ताल संरक्षण हुन्छ।
पूर्व सल्लाहकार चूडामणि पहारीले २१ वर्ष अघिको दूरावस्था स्मरण गर्दै समिति गठन भएपछि मन्दिर संरक्षणमा धेरै कार्य भएको बताए।
क्षेत्रीय होटल संघ पोखराका पूर्व अध्यक्ष गोविन्दराज पहारीले तालवाराही मन्दिरको आकर्षणकै कारण पोखराको पर्यटन वृद्धि भएको बताए।
कार्यक्रममा वडा सदस्य राममाया विक, डुंगा व्यवसायी संघका उपाध्यक्ष मंगल नेपाली, प्रगति दिदीबहिनी समूहकी अध्यक्ष विष्णु केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष तुलसीमोहन गिरीले स्वागत, उपाध्यक्ष कमला भुजेलले धन्यवाद तथा सचिव शिवजी कुँवरले सञ्चालन गरेका थिए।
साधारणसभाले सचिव शिव कुँवरद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रेमराज पहारीबाट प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९