पोखरा, ३ असोज । संविधान दिवससँगै संस्थाको छैटौ वाषिर्क साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा बाघमारा बहुउद्देश्यीय सहकारी संस्था, पोखरा ३३ ले रक्तदान कार्यक्रम गरेको छ ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की स्वास्थ्य संयोजक डण्डराज शर्मा र पोखरा वडा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले बुधबार संस्थाका महिला सदस्य ज्ञानुकुमारी पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा २४ युनिट रगत संकलन गरिएको छ।
प्रमुख अतिथि शर्माले रक्तदानको महत्वबारे प्रकाश पारे । उनले रक्तदान गर्दा रक्तदाताले निःशुल्क दिने तर रगत लिँंदा रेडक्रसले केही रकम रगतलाई सुरक्षित राख्न महँगा मेसिन र प्राविधिकतर्फ खर्च गर्नुपर्ने बाध्यता रहेको बताए ।
वडाध्यक्ष आचार्यले समाज विकासमा सहकारीको प्रशंसा गरे । संस्थाले विगतमा महाभूकम्पको बेलामा राहत संकलन गरी सामाजिक क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको संस्थाका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । कार्यक्रम संचालन संस्थाका सचिव नन्दलाल काफ्लेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
सामुदायिक वन मादीमा सिर्जना
जुत्ता व्यवसायीको सभा
मिस्टर पोखरा उपाधि निश्चललाई
hero news full width
मुख्य समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९