माछापुच्छ्रे महोत्सव हुने

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७५
machhapuchhare mahoshop

हेमजा, २ असोज। माछापुच्छे्र गाउँपालिका १ स्थित माछापुच्छे्र गुराँसे भूमेँ युवा क्लबले आफ्नो रजत जयन्ती अवसरमा असोज २४ देखि २८ गतेसम्म माछापुच्छ्रे महोत्सव आयोजना गर्ने भएको छ ।

‘मौलिक कला संस्कृति, खेलकुद तथा कृषि पर्यटनको लागि’ भन्ने नाराका साथ महोत्सव आयोजना लागिएको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

महोत्सव मुख्य आकर्षणमा लोकदोहोरी कलाकारको प्रस्तुति, गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, थ्री ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, छेलो प्रतियोगिता, घरेलु हस्तकला तथा कृषि सामग्रीको प्रदर्शनी, सांस्कृतिक, सांगीतिक एवं हास्य ब्यङ्ग्यात्मक कार्यक्रम, मौलिक झाँकी एवम लापोन्मुख लाखे नाच, होमस्टे प्रवर्द्धन तथा तातोपानी कुण्डको प्रचारप्रसार रहेको क्लबका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।

पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम पुरस्कार ६० हजार तथा द्वितीय पुरस्कार ४० हजार साथमा ट्रफी र मेडल पुरस्कार रहेको छ । क्लबस्तरीय महिला भलिबलतर्फ प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १२ हजार साथमा ट्रफी र मेडल तथा भेट्र्रान्स भलिबलतर्फ प्रथमलाई खसी र द्वितीयलाई जोडी भाले प्रदान गरिनेछ ।

थ्री ए साइड फुटबल प्रतियोगितातर्फ प्रथमले १५ हजार र दोस्रोले १० हजार साथमा ट्रफी र मेडल पाउने छन् । छेलो, पुरुष घैटो फुटाइ, महिला म्युजिकल चियर, बालबालिकाको भित्री बाहिरी प्रतियोगितातर्फ समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

त्यस्तै खुला नृत्य प्रतियोगितामा प्रथमले १० हजार, द्वितीयले ७ हजार, तृतीयले  हजार तथा सान्त्वनाले १ हजार पुरस्कार प्राप्त गर्नेछन्।

महोत्सवमा महादेवको तीनशिर देखिने ऐतिहासिकस्थल अवलोकन, सात प्रजातिका कालिजको अवलोकन, जडीबुटीहरुको प्रदशनी पनि रहेको बताइएको छ । सबै जातजातिको, भेषभूषा र समग्र माछापुच्छ्रे गाउँपालिकाको चिनारी एवं प्रचारप्रसारमा जोड दिइने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको वडा १ का अध्यक्ष वीरेन्द्र गुरुङ जानकारी दिए।

महोत्सवमा १५ लाख १ हजार खर्च र १७ लाख ९७ हजार रकम संकलन गरिने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width