लेखनाथ, २ असोज। पोखरा महानगरपालिका वडा ३१, बेगनासमा रहेको आनन्दज्योति माविले बाली विज्ञान विषय (जेटिए) पढाउनेबारे अनुमति पाएको छ । सिर्टीइभिटीले ग्रामिण क्षेत्रका विद्यार्थी मध्यनजर राखेर आनन्दज्योतिलाई आइतवारमात्र सो स्वीकृति दिएपछि गाउँमा यतिखेर खुसी छाएको छ।
बाली विज्ञान पढ्नका लागि छिमेकी जिल्ला लमजुङ सुन्दरबजार वा चितवनको रामपुर नै जानुपर्ने बाध्यता थियो । तर, अहिले आफ्नो घरछेउमै चाहेको विषय पढ्न पाउने भएपछि स्थानीय तीर्थराज तिवारी खुशी हुँदै पढ्नका लागि नाम लेखाइसकेका छन् । उनले राम्रोसँग अध्ययन गरि गाउँमै व्यावसायिक कृषि उत्पादनतर्फ लाग्ने बताउँछन्। पढाइबाट शैक्षिक र ब्यवहारिक ज्ञान लिएर गाउँमा नै केही गरौं भन्ने सोचले बाली विज्ञान पढ्ने सोच बनाएको उनी सुनाउँछन्।
त्यस्तै, स्थानीय २३ वर्षीय सुभाष तिवारी साथीभाइको लहलहैमा केही समय विदेशतिर गए पनि अब गाउँमै केही गरौं भन्ने सोचले कृषिमा आधारित बाली विज्ञान पढेर तरकारी र कुखुरापालन ब्यवसाय गर्ने सोचले पढ्नका लागि नाम दर्ता गरेको बताउँछन्। १८ महिने जेटिए कार्यक्रमका लागि भर्ना समेत शुरु गरिएको विद्यालयका प्रधानाध्यापक शुक्रराज अधिकारीले जानकारी दिए। उनका अनुसार ४० जनाको क्षमता रहेको उक्त कार्यक्रमका लागि शुरु भएको भर्ना अभियान असोज १० सम्म जारी रहने छ।
एसर्इइ परीक्षामा कम्तिमा १ दशमलव ६ जिपिए प्राप्त गरेका जुनसुकै विद्यार्थीले उक्त कार्यक्रममा भर्ना हुन पाउने छन् ।
स्थानीय स्रोतसाधनमैत्री व्यावहारिक शिक्षा दिन विद्यालयको निजी स्रोत र स्थानीयवासीको आर्थिक सहयोगमा प्रवीणता प्रमाणपत्र तहसरह अध्यापन शुरु गरिएको हो।
यसका लागि १५ लाख रुपैयाँ विद्यालयको अक्षयकोषमा जम्मा भइसकेको छ। विद्यालय भवनका ३ वटा कोठा बाली विज्ञान अध्ययनका लागि छुट्याइएको ब्यवस्थापन समितिका अध्यक्ष गोकर्णतिवारीले जानकारी दिए। गाउँमा नै बालीविज्ञानको पढाइ हुने भएपछि युवाको चासो बढेको छ । साथै हालसम्म १५ जनाभन्दा बढीले नाम दर्ता गराइसकेको जनाइएको छ।
बाली विज्ञानको पढाइ संचालनका लागि सांसद खगराज अधिकारी, पोखरा ३१ बाट पनि सहयोग प्राप्त भइसकेको छ भने प्रयोगात्मक पढाइ हुने भएकाले जग्गाभाडामा लिनेदेखि ल्याब निर्माण र दुर्इ जना शिक्षक समेत छनोट गरि तयारी तीव्र पारिएको छ । यहाँ जेटिए विषय पढाइ हुने भएपछि पोखरा वडा ३१, बेगनास र सीमाना जोडिएका वडा, मादी र रुपा गाउँपालिकाका प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी लाभान्वित हुने छन्।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९