????????????????????????????????????
लेखनाथ, २ असोज । संविधान दिवस अवसरमा पोखरा महानगरपालिका वडा ३० र स्थानीय टोल विकास संस्थाहरुको आयोजनामा वडा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । महानगरपालिकाको ग्रिन सिटी, क्लीन सिटी अवधारणालाई सार्थक रुप दिन वडा कार्यालय परिसरमा मंगलबार विभिन्न जातका बिरुवा रोपिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष श्रीराम पोख्रेलले मानव स्वास्थ्य र वातावरण संरक्षणको लागि वृक्षरोपण गर्नु जरुरी रहेको बताए । खुँदीमा रहेको वडा कार्यालय परिसरभित्र कपूर, अशोका लगायतका विरुवा रोपिएको थियो । वडाध्यक्ष पोख्रेलले विभिन्न चरणमा गरिने वृक्षरोपण कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६ वटा टोल विकास संस्था रहेका सडक किनारमा वृक्षारोपण गरिने र त्यसपछि ‘एक घर, एक विरुवा’ अवधारणाअन्तर्गत अन्य टोलहरुमा पनि वृक्षरोपण गरिने बताए।कार्यक्रममा वडा सदस्य वडा सदस्य सोमलाल कँडेल, चोलाप्रसाद बराल, शारदा बास्तोला, रमा नेपाली टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि तथा सर्वसाधारणहरुको उपस्थिति थियो । वडाध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडासचिव तथा कार्यक्रम अधिकृत दुर्गा न्यौपाने र सञ्चालन सहसचिव दीपक कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९