काठमाडौँ, ३१ भदौ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वषीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ ।
पन्तको हत्याबारे प्रहरीको भूमिका सम्बन्धमा जनमानसमा आवाज उठिरहेका बेला प्रहरीबारे नै छानबिन गर्न प्रहरी प्रधानकार्यालयले प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा गठन गरेको समितिका सदस्यमा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उत्तमराज सुवेदी र नीरजबहादुर शाही तथा विभिन्न क्षेत्रका व्यक्ति रहेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक क्षेत्रीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीको संयोजकत्वमा बनाइएको समितिलाई अधिकारसम्पन्न बनाएर प्रहरी नायब महानिरीक्षकलाई संयोजक बनाइएको बताए ।
प्रहरी नायब महानिरीक्षक बस्न्यातको नेतृत्वमा बनेको समितिले शनिबार मात्र गृह मन्त्रालयले निलम्बन गरेको प्रहरीले अनुसन्धानमा खेलेको भूमिका, अपराधबारे कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले खेलेको भूमिकालगायत बारेमा छानबिन गर्नेछ ।
पन्तको हत्यामा संलग्न दोषीलाई अविलम्ब सार्वजनिक गरी कडा कारवाही गर्न मानवअधिकारवादी, निर्मला पन्तका छिमेकी तथा सांसदहरुले माग गरेको छन् ।
यहाँ आइतवार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले देशमा महिलामाथिको हिंसा बढ्दै गएकामा चिन्ता प्रकट गर्दै दोषीलाई पत्ता लगाउन नसक्नु गम्भीर भएको बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आयोगले तत्कालै धनगढीस्थित क्षेत्रीय कार्यालयलाई परिचालन गरेको तथा निर्मलाका बुबाको सुरक्षाका लागि त्यहाँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलाई आग्रह गरेको तथा आयोगका प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा काठमाडौँबाट एक टोली त्यहाँ पठाइएको जानकारी दिए ।
उनले २०७४ मा १ हजार ८३ बलात्कार तथा हत्याको घटना प्रहरीमा दर्ता भएको बताउँदै ‘नेपालमा मानवअधिकारको अवस्था खस्केको हुँदा प्रहरीमाथि नै प्रश्न उब्जेको’ विचार राखे ।
राजपाका नेता लक्ष्मणलाल कर्णे सरकारले बलात्कार तथा हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको, प्रहरी अनुसन्धान फितलो भएको र जनतालाई सुरक्षा दिन नसकेको भन्दै मधेशी, जनजाति तथा असन्तुष्ट पक्षलाई सम्बोधन गर्ने गरी संविधान संशोधन नगरिएकाले आफूहरु सरकारबाट बाहिर जाने चेतावनी दिए ।
कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले बलात्कार तथा हत्यामा संलग्न जोसुकै भए पनि कडा कारवाही हुनुपर्नेमा जोड दिँदै अनुसन्धानलाई प्रभावित पार्ने गरी समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह गरे ।
अधिकारकर्मी तुलसी थापाले आफू कञ्चनपुर पुगेर अवलोकन गर्दा जघन्य अपराधमा प्रहरीले कानूनी दायरामा रही कर्तव्य पूरा गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताए ।
कार्यक्रममा निर्मलाका छिमेकी माया नेगी र मीना भण्डारीले पनि दोषीलाई पत्ता लगाई छिटोभन्दा छिटो कारवाही गरेर न्याय दिन आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
hero news full width
मुख्य समाचार
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९