पोखरा, ३१ भदौ । गण्डकी प्रदेशको आइतबार बसेको बैठकमा पछिल्ला घटनाक्रमबारे सांसदको गुनासो र प्रश्न छ ।
सांसदहरुले बलात्कारका घटनादेखि मुख्यमन्त्रीको अभिब्यक्तिसम्मको विरोध गर्न भ्याए ।
केही समयअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीलाई परिचयपत्र दिएर कर लिने कुरालाई बहसमा ल्याउनुपर्ने बताएका थिए । अधिकांशले उनको अभिव्यक्तिलाई स्वागत गरे । तर केहीले भने त्यसको विरोध गरेका छन् ।
आइतबारको केन्द्रिय संसद र प्रदेश संसदमा पनि सांसदहरुले उनको अभिब्यक्तिको विरोध गरे ।
संघीय सांसदले मुख्यमन्त्रीको राजीनामा मागिन् भने गण्डकीका सांसद कृष्ण थापाले अभिब्यक्तिप्रति विरोध जनाए । ‘नेपाली समुदायमा अश्लीलता फैलिन सक्छ । यस्तो अभिब्यक्तिप्रति आपत्ति छ, उनले भने ।’
यसैबीच, पाँच महिनाअघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको भन्दै तत्काल पक्राउ गरि कडा कारबाहीको माग गरिन् । ‘घटना भएको यति लामो समय भैसक्यो । पीडकले उजुरी दिँदा पनि आरोपी पक्राउ परेका छैनन्,’ उनले भनिन्, ‘राज्यशक्तिको आडमा अपराध लुकाउने काम भयो । तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याइयोस् ।’ उनले केही समयअघि पनि संसदमा गुनासो राखेकी थिइन् ।
बैठकमा प्रधानमन्त्रीको अभिब्यक्तिदेखि उपभोक्ता अधिकारका विषयसम्म उठाइएको छ । आईतबारको बैठकले सहकारी विधेयक विधायन समितिमा पठाइएको छ भने वर पीपल र चौतारो संरक्षण विधेयक सदनमा पेश भएको छ । मुख्यमन्त्रीको कार्यालयको प्रशासकीय कार्यविधि विधायन समितिले सदनमा फर्काएको छ ।
यस्तै, सांसद मीना गुरुङले मुलुकमा बिचौलिया हाबी भएका कारण उपभोक्ताले चर्को मूल्यमा सामान खदिद गर्नुपरेको बताइन्।
उनले भनिन्,’हरेक क्षेत्रमा बिचौलिया प्रवृत्ति घरजग्गा, तरकारी, फलफूलमात्रै नभएर सरकारी कामकाजमा पनि भित्रिदैगएको छ। सरकारी कार्यालयमा जाँदा नेताको, कर्मचारीको र व्यापारीको मात्रै काम हुन्छ। सर्वसाधारणले काम गर्न धेरै कठिनाइ भोग्नुपरेको छ। सरकारले उपलब्ध गराउने सेवा सरल र सर्वसुलभ हुनु पर्यो।’
उनले बिचौलियालाई नियन्त्रण र निरुत्साहित गर्न जोड दिँदै प्रदेश सरकारले सुशासनको अनुभूति गराउन सक्नुपर्ने सदनमा ध्यानकर्षण गराइन् ।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९