काठमाडौं, ३१ भदौ।नेपाल पत्रकार महासंघले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका लागि भन्दै दोस्रो चरणको दबाबमूलक कार्यक्रम घोषणा गरेको छ ।
महासंघले विज्ञप्तिमार्फत आगामी असोज १० गतेदेखि कात्तिक १५ गते सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेको छ। महासंघले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधानको पहिचान र संशोधनका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गरेको कार्यलाई सकारात्मक रुपमा लिएको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत असोज १० गते सरकारद्वारा गठित कार्यदल र विज्ञसँग छलफल गर्ने, असोज १७ गतेदेखि २३ सम्म फौजदारी र देवानी संहिताले प्रेस स्वतन्त्रतामा पार्नसक्ने असरका बारेमा सञ्चार प्रतिष्ठानमा गई छलफल तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरिने महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९