पोखरा, ३१ भदौ। पोखरा-१०, मिलनटोलस्थित सहारा प्रतिष्ठापन नेपालको नवौं साधारणसभा तथा सामाजिक लेखाजोखा परीक्षण सम्पन्न भएको छ।
प्रमुख अतिथि पोखरा रामबजार प्रहरी चौकी इञ्चार्ज प्रहरी निरीक्षक डीबी केसीले साधारणसभा उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि केसी, सहारा प्रतिष्ठापन नेपालका संस्थापक निर्देशक डीबी विश्वकर्मा, वडासदस्य नीशा मल्ल ठकुरी, वेथाने टोल विकास संस्थाका अध्यक्ष किशोर घिमिरे, रिजन तामाङ, सहयोगी शान्तकुमार श्रेष्ठलगायतले बोलेका थिए।
यस्तै संस्थाभित्र रहेका एसर्इइ उत्तीर्ण रिजन तामाङ, सुनिता महतो, सविन घमाल र माया र्घर्तीलाई कदरपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार अधिवक्ता भीमप्रसाद पौडेलले सामाजिक लेखापरीक्षणमा सहजीकरण गरेका थिए। संस्थाका सचिव खिमबहादुर बिकले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष भोजराज पर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा आश्रति बालिका प्रेरणा गौचनले स्वागत मन्तव्य र सचिव खिमबहादुर बिकले संचालन गरेका थिए।
२०६७ मा स्थापना भएको सहारा प्रतिष्ठापन नेपालले अनाथ, असहाय र अभिभावकविहीन बालबालिकाहरुका लागि स्वास्थ्य, खाना लगायत आवासमा राखेर बालमैत्री शिक्षा प्रदान गर्दै आएको छ। आवासगृहमा बसेर यस वर्षमात्रै ४ जना बालबालिकालाई उनीहरुको परिवार तथा आफन्तकहाँ पुनस्र्थापना गरेको संस्थापक निर्देशक डीबी विश्वकर्माले बताए। संस्थामा हाल ११ जना बालबालिका आश्रति छन्।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९