पोखरा, ३१ भदौ।पश्चिमाञ्चल क्याटरिङ तथा पार्टीप्यालेस व्यवसायी संघले संघीय संरचना अनुसार आफ्नो नाम परिवर्तन गरेको छ।
संघको १२ औं वाषिर्क साधारण सभाले गण्डकी प्रदेशमा छरिएर रहेका सेवामूलक व्यवसायी, क्याटरिङ र पार्टीप्यालेसलाई एकताबद्ध गर्ने उद्देश्यसहित संस्थाको नाम गण्डकी पार्टीप्यालेस तथा क्याटरिङ व्यवसाय संघ राख्ने निर्ण गरेको हो।
साधारण सभाको गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार उद्घाटन गरे। त्यस अवसरमा प्रमुख अतिथि कुँवरले क्याटरिङ व्यवसाय संवेदनशील भएकाले व्यवसायी आफै सचेत हुनुपर्नेमा जोड दिए।
व्यवस्थित, अनुशासित र इमान्दारिपूर्वक व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै उनले भने- सामाजिक उत्तरदायित्व बहन गरेका आधारमा राज्यले पनि सहयोग गर्दछ।
नेपाल क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जिसीले देशमा विपद् परेको बेलामा पनि पार्टीप्यालेसले सहयोग पुर्याउने बताउँदै यसलाई अत्यावश्यकीय सेवाका रुपमा लिन सरकारसँग आग्रह गरे।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले गुणस्तरीय सेवा समयको माग भएको बताए।
सम्मानित जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रविन्द्र गुरुङले भने सम्मानले समाजसेवामा लाग्न थप हौसला मिलेको छ।
लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले संघले व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आएको बताए।
पोखरा उद्योग वाणिज्यका महासचिव दामु अधिकारीले निजी क्षेत्रका व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा अपराधीको रुपमा हेर्ने गरेको चर्चा गर्दै संघले सबै व्यवसायीलाई एकताबद्ध गरेर समस्यासँग जुध्दै आएको बताए।
साथै उनले व्यवसायिक हकहितका लागि आफ्नो साथ निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
क्याटरिङ संघ गण्डकी प्रदेशका संयोजक केपी शर्माले व्यवसायी सक्षम भए मात्र राज्य सक्षम हुने र स्तरीय सेवा दिन संघ प्रतिबद्ध रहेको बताए।
प्रदेश ३ का संयोजक कृष्णप्रसाद पाण्डेले व्यवसायिक एकतामा जोड दिए।
उपभोक्ता मञ्च कास्कीका सचिव अधिवक्ता राजु अधिकारीले व्यवसायलाई उपभोक्ता मैत्री बनाउनु पर्नेमा जोड दिए।
संघका कार्यसमिति सदस्य सूर्यमणि लामिछानेले क्याटरिङ व्यवसाय जोखिमपूर्ण रहेकाले राज्यले त्यहीँ रुपको व्यवहार गर्नुपर्ने बताए।
संघका अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भरत सापकोटाले स्वागत मन्तव्य राख्दै सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।
महासचिव कमल सापकोटाले संघका समस्या समाधानका उपाय तथा आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन सदस्य अशोक शर्मा मरासिनीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
व्यवसायीलाई जोगाउन पोखरा उद्योग वाणिज्य संघको माग
अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
स्वागतम् सहकारीको प्रथम वार्षिकोत्सव
हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९