सरसफाइमा जुट्यो सिर्द्धार्थ बुद्ध टोल

आदर्श समाज सम्वाददाता
असाेज १, २०७५
buddha tool

लेखनाथ, ३१ भदौ । संविधान दिवस अवसरमा पोखरा महानगरपालिका वडा २९ स्थित सिर्द्धार्थ बुद्ध टोल विकास संस्थाले सरसफाइ अभियान संचालन गरेको छ ।

हरेक महिना अन्तिम दिन नयाँ नयाँ काम गर्दै आएको संस्थाले सरसफाइबारे टोलवासीलाई सचेतना दिँदै गराउँदै आएकोमा आइतवार सो क्षेत्रअन्तर्गत पृथ्वीराजमार्ग दायाँ-बायाँ रहेको झाडी र फोहोर संकलन गरि नष्ट गरेको छ ।

संस्थाका अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको नेतृत्वमा निस्किएको टोलीले भण्डारढिकलेखि खल्याड हँुदै नवज्योति आमा समूह भवन लगायत क्षेत्रसम्म सरसफाइ गरेको हो ।

कार्यक्रममा संस्थाकी सचिव चिनमाया गुरुङ, सैनिकवस्ती आमा समूहकी अध्यक्ष श्रीमाया गुरुङ र उपाध्यक्ष ह. दयाप्रसाद नेपालीले सरसफाइको महत्व र उपयोगिताबारेमा जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

    • पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता

      विजय नेपाल जेठ १, २०७९
      पोखरा, १ जेठ । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिंदा उपमेयरमा एमालेले अग्रता कायम राखेको छ । आइतबार…
    • अम्बिका भागवत् फाउन्डेसनको सहयोग

      आदर्श समाज सम्वाददाता वैशाख २६, २०७९
      पोखरा । अम्बिका भागवत् फाउन्डेसन पोखराको आयोजनामा पोखरा–३१, आनन्दज्योति माविमा विद्यार्थीलाई स्कुल ड्रेस र शैक्षिक सामग्री वितरण गरिएको छ ।…
    • गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा

      प्रकाश ढकाल वैशाख २६, २०७९
      पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनेपछि कांग्रेसलाई देशैभरि फाइदा भएको बताएका छन् । देशभर सरकार गठन गठबन्धनका…
    • डिप्लोमा इन्जिनियर्समा अनिल

      आदर्श समाज सम्वाददाता वैशाख २४, २०७९
      पोखरा । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनिलप्रसाद आचार्यको…
    • ‘महानगरका पाँच वर्ष’ विमोचन

      आदर्श समाज सम्वाददाता वैशाख २३, २०७९
      पोखरा । पोखरा महानगर बनेपछि जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको ५ वर्ष पुग्नै लागेको छ । यस अवधिमा महानगरले गरेका नीतिगत निर्णय,…

    hero news full width