हेमजा, ३१ भदौ। माछापुच्छे्र गाउँपालिका-३, घाचोकस्थित शुक्लागण्डकी माध्यमिक विद्यालयले गत बैशाखमा संचालन गरेको शैक्षिक श्रीमद्भागवत धनधान्याचल महायज्ञको आयव्यय सार्वजनिक गरेको छ।
महायज्ञमा १ करोड ५२ लाख ७८ हजार ५५ नगद संकलन, विभिन्न शीर्षकमा २० लाख ७७ हजार २ सय ५८ उठ्न बाँकी तथा विभिन्न भक्तजनहरुले ११ रोपनी ४ आना २ दाम जग्गा दान गरेको सहकोषाध्यक्ष स्थानेश्वर लम्सालले जानकारी दिए।
यज्ञ संचालानमा कुल ३४ लाख ६३ हजार ९ सय ९७ रुपैयाँ खर्च भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
वडाध्यक्ष सूर्यप्रसाद लम्सालले सबैको सद्भावबाट यज्ञ सम्पन्न गरिएको र विद्यालयद्वारा गठित प्राविधिक समितिलाई थपघट गर्नुपर्नेमा जोड समेत दिए।
मूल आयोजक समितिका अध्यक्ष एवं विद्यालयका अध्यक्ष रविलाल पोखरेलले यज्ञ संचालन गर्नु चुनौतीपूर्ण रहेको स्मरण गर्दै यज्ञ गरिनुको उद्देश्यलाई सार्थक रुप दिन सरोकारवाला एकजुट हुनुपर्ने औँल्याए।उनले त्यस अवसरमा अध्यक्षको प्रतिवेदन पनि पेश गरेका थिए।
महायज्ञका महासचिव मौसम कार्कीले अन्य छिमेकी विद्यालयलाई समेत समेटी शुक्लागण्डकीलाई प्राविधिक क्याम्पसका रुपमा विकास गरिनुपर्ने जनाउँदै पछिल्लो समय यज्ञको मूल नेतृत्वबाट आवश्यक समन्वय नभएको भन्दै गुनासो पोखे।
सो अवसरमा महायज्ञका सहअध्यक्ष टेकनशोभा गुरुङ लगायत यज्ञका सरोकारवाला गोपाल पोखरेल, टेकनाथ पोखरेल, राम अविरल लगायत बोलेका थिए। उनीहरुले आवश्यक सबै पक्षसँग समन्वय गरी जतिसक्दो चाँडो विद्यालयमा प्राविधिक शिक्षा शुरु गर्नुपर्ने तथा स्मारिका प्रकाशनमा ध्यान दिन सुझाव पनि दिए।
विद्यालयले प्राविधिक शिक्षालय स्थापनार्थ आर्थिक संकलन जुटाउन वैशाख ११ देखि १८ गतेसम्म यज्ञ गरेको थियो।
जसअनुसार घाचोक निवासी उपप्राध्यापक महेश्वर पोखरेलको संयोजकत्वमा ४ सदस्यीय प्राविधिक शिक्षा समिति पनि गठन गरिएको छ। आगामी शैक्षिक सत्रदेखि सिभिल इञ्जिनियरिङतर्फ ९ देखि १२ कक्षासम्म पठनपाठन शुरु गर्ने योजनामा विद्यालय रहेको बुझिएको छ।
महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं विद्यालयका अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम विद्यालयका प्रअ शान्तिरमण पोखरेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
खानेपानी कर्मचारी संघमा केदार धमला
६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
आज गणतन्त्र दिवस
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९