पोखरा, ३० भदौ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपूरकी १३ वषिर्या बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै पोखरामा शनिवार ‘निर्मलाका निम्ति न्याय’ भन्दै प्रदर्शन गरिएको छ ।
घटना भएको ५२ दिन बितिसक्दा पनि घटनाको छानबिन र दोषीलाई कारवाहीका लागि सरकार उदाशिन बनेको बिरोधमा कालो कपडा नै लगाएर प्रदर्शन गरिएको हो । प्रदर्शनमा ‘सरकारले देखायो लाचारी, त्यसैले खबरदारी’, ‘सरकार देखाउँ इच्छा, खै त महिलाई सुरक्षा ?’, ‘चुप लागेर नबसौ’, ‘न्याय मर्न नदिऔं र मौन बनेको सरकार, किन बढ्दैछ बलात्कार’ लेखिएका पर्चाहरु प्रदर्शन गरिएको थियो ।
पोखराको चिप्लेढुङ्गा मानव अधिकारचोकबाट शुरु भएको मौन प्रदर्शन महेन्द्रपुल चिप्लेढुंगा परिक्रमापछि पुनःमानव अधिकारचोक आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागिमध्ये अधिकांश युवायुवती थिए । प्रदर्शनलाई अधिकारकर्मी, संचारकर्मी र राजनीतिकर्मीहरुले पनि साथ दिए ।
कोणसभामा बोल्ने विभिन्न क्षेत्रका वत्ताहरुले बलात्कारका घटनाले समाज असुरक्षित बन्दै गइरहेकोभन्दै चिन्ता व्यक्त गरे । कोणसभामा बोल्दै समाजसेवी सरस्वती गुरुङले सरकार अझै गैर जिम्मेबार बनिरहे हरेक दिन सरकार बिरुद्व कालो कपडा लगाएर सिंहदरबारमा प्रदर्शन गरिने चेतावनी दिइन् ।
साहित्यकार सरस्वती प्रतिक्षाले बलात्कारका दोषीलाई कारबाही नगरेसम्म खवरदारी जारी राख्नु पर्ने उल्लेख गरिन् ।
प्राडा चन्द्र भद्राले महिलाले बाँच्न पाउने अधिकार हनन् हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन् । अधिकारकर्मी सावित्री गौतमले महिला असुरक्षित हुँदा हिडडुल गर्ने अधिकारबाट समेत बञ्चित हुनुपर्ने अवस्था सृजना भएको उल्लेख गरिन् ।
कार्यक्रममा अधिकारकर्मी सरिता पूरी, लेखक गणेश पौडेल, अनिषा शाही, अञ्जना पौडेल, सौगात पोखरेल र डा. बसन्त गौतमलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०